स्वतन्त्र तिब्बत अनुयायीहरुमाथि निगरानी र धरपकड सुरु

२५ असार २०७०, मंगलवार १०:१७ मा प्रकाशित

काठमाडौं, २५ असार । नेपालमा रहेका तिब्बती शरणार्थीहरु माथि निगरानी र धरपकड सुरु गरिएको छ । चिनिया सरकारको बिशेष अनुरोधमा नेपालभित्र रहेका १८ ओटै क्याम्पमा नेपाल प्रहरीले उच्च सुरक्षा सर्तकतासहित निगरानी र धरपकड गर्ने उदेश्यले सादा पोसाकका सुरक्षाकर्मी परिचालन समेत गरेको हो । प्रहरीका अनुसार स्वतन्त्र तिब्बत समर्थकहरु रहेको तिब्बतियका क्याम्पमा शरणार्थीहरु माथि निगरानी र धरपकड सुरु गरिएको छ । चिनिया अनुरोधमा तिब्बती शरणार्थीले नेपालमा पनि गतिविधि बढाउने भन्दै सुरक्षा सतर्कता बढाई निगरानी र धरपकड सुरु गरिएको हो । तिब्बती शरणार्थीहरूले दलाई लामाको जन्मदिनलाई लक्षित गरेर नेपालमा चीनविरोधी गतिविधि गर्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले तिब्बती शरणार्थीहरु माथि निगरानी र धरपकड सुरु गरेको बताए पनि नेपालको सत्ता राजनीतिमा चिनिया प्रभावको राजनीतिक शक्ति एमाओबादीको पहुचसंगै चिनिया आर्थिक सहयोगमा प्रभावित सशस्त्र प्रहरी बल जस्ता नेपालका राष्ट्रिय सुरक्षा निकाय स्वतन्त्र तिब्बत पक्षधरको बिपक्षमा क्रियाशील रहदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।

न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट