चीनमा भ्रष्टाचारको अभियोगमा पूर्वमन्त्रीलाई मृत्युदण्डको फैसला

२५ असार २०७०, मंगलवार ०७:३७ मा प्रकाशित

एजेन्सी । घुस लिएर सरकारी रेल सेवाको टेण्डर बाँडेको आरोपमा चीनको एक अदालतले पूर्वरेलमन्त्री ल्यु झिजुनलाई मृत्यु दण्डको फैसला सुनाएको छ । उनीमाथि एक करोड डलर घुस लिएर विभिन्न ११ ठेकेदार कम्पनीहरुलाई रेल परियोजनासम्बन्धी टेण्डर हासिल गर्न सहयोग पुर्याएको अभियोगमा मुद्दा चल्दै आएको थियो । 
सन् २००३ मा चीनको शक्तिशाली रेलमन्त्री बनाइएका ल्युको कार्यकालमा चीनमा अर्बौं डलर लगानी गरेर रेलको नेटवर्क विस्तार गरिएको थियो । कुनैबेला अत्यन्त आकर्षक र शक्तिशाली मानिने चीनको रेल मन्त्रालय गत मार्चमा खारेज गरिएको छ ।
गत जनवरीमा शी जिनपिंगले सत्ता एवम् चिनीयाँ कम्युनिस्ट पार्टीको नेतृत्व सम्हालेको बेला भ्रष्टाचारलाई आफूले कुनै हालतमा सहन नसक्ने अभिव्यक्तिसँगै भ्रष्टाचार गर्ने कसैलाई पनि नछोड्ने सपथ खाएका थिए । जिनपिंग राष्ट्रपति बनेपछि ल्यु नै चिनीयाँ कम्युनिस्ट पार्टीका वरिष्ठतम् नेता थिए । भ्रष्टाचारको अभियोग लागेपछि केही महिनाअघि उनलाई पार्टीबाट निलम्वन गरिएको थियो ।
स्मरण रहोस्, चीनमा प्रायजसो ठूला नेताहरुलाई मृत्युदण्ड सुनाइए पनि त्यसलाई आजन्म कैदका रुपमा परिणत गर्ने गरिएको छ । ल्युलाई पनि मृत्युको साटो जन्मकैद गरिने सम्भावना सिन्ह्वाले व्यक्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रिय सभा

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

एजेन्सी । अफगानिस्तानमा तालिवान सरकारका प्रवक्ता जाबीहुल्लाह मुजाहिदले सरकारले महिलालाई पक्राउ गरेको भन्ने विवरण झुट भएको दाबी गरेका छन् ।

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९