शान्ति र संविधानका विवादित विषयमा सहमति जुटाउन तीन दलको बैठक बस्दै

२८ चैत्र २०६८, मंगलवार ०९:१२ मा प्रकाशित

काठमाडौ, २८ चैत । शान्ति प्रक्रिया र संविधान निर्माणमा जारी विवाद अन्त्य गर्ने बारेमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक दिउँसो बस्ने भएको छ । पर्सीसम्ममा समायोजन रोजेका माओवादी लडाकुहरुलाई नेपाली सेनाको जिम्मा लगाउने पूर्व सहमति कार्यान्वयन गर्ने र संविधान निर्माणको क्रममा देखिएको विवाद मिलाउनेबारेमा बैठकमा छलफल हुने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले जानकारी दिनुभयो । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले काभ्रेको धुलिखेलमा प्रमुख दलको बैठक बसाउने तयारी गरेको भए पनि नेताहरुको व्यस्तताको कारण बैठक सिंहदरवारमा बस्ने भएको छ । दिउँसो १ बजे शान्ति मन्त्रालयमा बैठक सुरु हुनेछ । नेपाली काङ्ग्रेस र नेकपा एमालेले कात्तिक १५ मा भएको सातबुँदे सहमतिअनुसार नै समायोजनको काम सक्नुपर्ने अडान लिएका छन्, भने माओवादीले केही विषयमा शीर्ष तहमा राजनीतिक सहमति गर्नुपर्नेमा जोड दिदै आएकोछ । गएको बुधवार बसेको माओवादी लडाकु रेखदेख, समायोजन तथा विशेष समितिको बैठकमा पर्सीसम्ममा समायोजन हुने लडाकु, हतियार र शिविर नेपाली सेनाको जिम्मा लगाउने निर्णय गरेको भए पनि लडाकुले पाउने दर्जा, ब्रिजिङ कोर्स, तालिमको समयावधि, छटौट समितिलगायतको विषयमा दलहरुबीच कुरा मिलेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्