भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’ले सतायो

२५ असार २०७०, मंगलवार ०६:५० मा प्रकाशित

नवलपरासी, २५ असार । भारतीय सीमा सुरक्षा बल एसएसबीले नवलपरासीको त्रिवेणी क्षेत्रबाट नेपाल प्रवेशमा रोक लगाएको छ । एसएसबीको उक्त निर्देशनपछि त्रिवेणीका स्थानीय वासिन्दाहरु हैरानी खेप्न बाध्य भएका छन् । एसएसबीले बेलुका ७ बजेदेखि विहान ५ बजेसम्मको समयमा कसैलाई सीमामा अवातजावत गर्न नदिएपछि उपचार तथा किनमेलका लागि रुपौलिया, कुडिया, नरसही, पकलिहवा, गुठी परसौनी, प्रतापपुर जमुनियालगायत गाविसका बासीन्दा प्रमुख बजारको रुपमा रहेको भारतीय बजार भैसालोटन जान पाएका छैनन् । त्रिवेणीमा अस्पताल नभएकाले नेपालीहरुलाई थप समस्या परेको छ । उनीहरु उपचारका लागि भारत जाने गर्छन् । नवलपरासीको स्थानीय प्रशासनले भने यसबारेमा केही जानकारी नभएको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र