ढुवानी व्यवसायलाई व्यवस्थित गर्न माग

२५ असार २०७०, मंगलवार ०६:४६ मा प्रकाशित

रुपन्देही, २४ असार । बुटवल नगर क्षेत्रभित्र रहेका ट्रान्सपोर्ट कम्पनिहरुलाई एकै थलोमा राखेर ढुवानी व्यवसायलाई व्यवस्थित गर्न माग गर्दै सोमवार ढुवानी व्यवसायी समिति, रुपन्देहीले बुटवल नगरपालिकाका प्रमुख समक्ष ज्ञापनपत्र बुझाएको छ । समितिका अध्यक्ष माधव नेपालको नेतृत्वमा गएको टोलीले नगरपालिकाका कार्यकारी अधिकृत बाबुराम गौतमसंग भेट गर्दै आङ्खना मागहरु प्रस्तुत गरेको थियो । यस क्षेत्रमा रहेका खुद्रा मालसामान बोक्ने ढुवानी सेवाहरुलाई नगर क्षेत्रभित्र व्यवस्थित गरी कुनै एक स्थानमा स्थानान्तरण गर्नुपर्ने आवश्यक भएको उल्लेख गर्दै नगरमा ट्रान्सपोर्ट नगर बनाउने नीति अवलम्बन गर्नु पर्ने सुझाव दिइएको थियो । 
बढ्दो सहरीकरण, सडक व्यवस्थापन र ठूला सवारी साधनहरुलाई नगर क्षेत्र प्रवेशमा रोक लगाउने गरिएका कारण वजार क्षेत्रमा ट्रान्सपोर्टका सवारी साधनको व्यवस्थापन निकै जटील बनेको अध्यक्ष नेपालले बताए । ज्ञापन पत्र बुझाउदै नगरमा छुट्टै क्षेत्र व्यवस्थापन गर्नका लागि एक समिति निर्माण गरिएको र त्यसलाई सकृय बनाउन आग्रह गरिएको थियो । ज्ञापनपत्र बुझ्दै नगरपालिकाका कार्यकारी अधिकृत गौतमले यस विषयमा आफु गम्भिर भएको र आवश्यक छलफल गरि प्रकृया अगाडी बढाउने बताए ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र