बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध

२५ असार २०७०, मंगलवार ०६:४४ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २५ असार । वर्षासँगै खसेको पहिरोले रातिदेखि अवरुद्ध बनेको बुटवल पाल्पा सडक खण्ड अझै सुचारु हुन सकेको छैन । वर्षाले मस्याम गाविसको केराबारी नजिकै ठूलो पहिरो खसेको हो । दोभान प्रहरी चौकीका अनुसार जोरधारा र केराबारीको बीचमा माथिबाट खसेको पहिरो पन्छाउने काम भैरहेको छ । पहिरो निकै ठूलो भएकाले १८ घण्टासम्म पनि बाटो सुचारु हुन नसकेको हो ।
सडक अबरुद्ध भएपछि पाल्पा, गुल्मी, पोखरावाट बुटवलजाने सवारीहरु जोरधारामै रोकिएका छन् । वुटवलतर्फवाट पाल्पा हुंदै गुल्मी, अर्घाखांची, स्याङ्जा, पोखरा लगायत ९ जिल्लामा चल्ने सवारी साधनहरु केराबारीतर्फ रोकिएका छन् । प्रहरीले डोजर लगाएर बाटो खुलाउने प्रयास भैरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र