कुलेखानीमा पानीको मात्रा बढाउन वृक्षारोपण अभियान

२४ असार २०७०, सोमबार ११:५६ मा प्रकाशित

काठमाडौं, २४ असार । कुलेखानी जलविद्युतगृहमा पानीको मात्रा बढाउन त्यहाँको जलाधार क्षेत्रमा वृक्षरोपण कार्य सुरु गरिएको छ । वर्षाको पानी संकलन गरी हिउँदका लागि सञ्चय गर्दै आएको कुलेखानी जलाधार क्षेत्रअन्तर्गत पालुङ गाविस–९, फेदीगाउँको नांगा पाखामा कुलेखानी प्रथम जलविद्युत् केन्द्र, जिल्ला वन कार्यालय मकवानपुर र जिल्ला विकास समिति मकवानपुरले स्थानीय समुदायसँग समन्वय गरेर वृक्षरोपण सुरु गरिएको हो ।
यस अभियान अन्तर्गत फेदीगाउँको १० हेक्टर खाली जमिनमा सल्ला, लौठसल्ला, चाँप, तेजपात, अमृसो, लप्सी, रिट्ठालगायत गरी १८ हजार बिरुवा रोपिने छन् । नेपाल विद्युत् प्राधिकरणका निर्देशक हितेन्द्रदेव शाक्यले आइतबार लौठ सल्लाको बिरुवा रोपेर अभियान सुरु गरेका हुन् । स्थानीय बासिन्दाहरूको सहभागितामा संरक्षण समिति गठन गरेर औषधीय महत्वको ४ हजार ५ सय लौठ सल्लासमेत रोप्न लागेको जिल्ला वन कार्यालय मकवानपुरका रेन्जर नवराज पुडासैनीले जानकारी दिए । उनका अनुसार स्थानीयले ८ हजार गोब्रेसल्ला, २ हजार ५ सय चाँप, १ हजार ५ सय लप्सी र ९ सय रिट्ठा रोप्नेछन् ।
२०३८ सालमा कुलेखानी जलविद्युत्गृहमा पानी भरिएयता बर्सेनि पानीको मात्रा घट्दै गइरहेको भन्दै प्राधिकरणले चिन्ता व्यक्त गर्दै आएको थियो । पछिल्ला वर्षहरूमा एकातिर जलाधार क्षेत्रमा वर्षाको मात्रा कम भई कुलेखानी (इन्द्रसरोवर) भरिन नसक्ने अवस्थामा पुगेको र अर्कातिर तालको पिँधको भाग उठ्दै आएकाले समस्या पैदा भएको छ ।
बताइएअनुसा २०३८ सालमा ८ करोड ५३ लाख घनमिटर पानी अट्ने क्षमता भएकामा २०५० सालको बाढीपछि सो क्षमता घटेर ६ करोड १५ लाख घनमिटरमा आइपुगेको छ । त्यसबेला बाढीले कुलेखानीको पाँच मिटर सतह पुरिएको थियो । जलाधार क्षेत्रमा बढ्दो सडक निर्माण, वन विनाश, जमिन कटान आदिका कारण खोलाले ल्याएको वस्तुहरू थुप्रिँदै जाँदा अहिले अहिले पानीको मात्रा अझ घटेको प्राधिकरणको भनाइ छ । अहिले कुलेखानीको क्षमता ६ करोड घनमिटरभन्दा पनि तल झरेको जलविद्युत गृहले जनाएको छ ।गृहको क्षमता घट्दै गएपछि नेपाल विद्युत् प्राधिकरणले जलाधार क्षेत्रमा पहिलो पटक बृहत् रूपमा वृक्षरोपणको कार्यक्रम अघि सारेको हो ।
जलाधार क्षेत्रमा वृक्षरोपण गर्नाले एकातिर कुलेखानीको आयु बढ्ने र अर्कातिर जंगलको वृद्धिले वर्षाको मात्रा बढ्दा कुलेखानी भरिन मद्दत पुग्ने जिल्ला वन कार्यालयका अधिकृत इमामुद्दिन अन्सारीले बताए । अन्सारीका अनुसार स्थानीय कृषकहरूको गरिबी न्यूनीकरणलाई समेत ध्यानमा राखेर वृक्षरोपण कार्यक्रम तय गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा