लडाकुको बिदाई तथा समायोजन प्रक्रियाको काम आजदेखि सुरु हुँदै

२८ चैत्र २०६८, मंगलवार ०९:११ मा प्रकाशित

काठमाडौ, २८ चैत । विशेष समिति मातहतको सचिवालयले माओवादी लडाकुको बिदाई तथा समायोजन प्रक्रियाको काम आजदेखि सुरु गर्दैछ । पार्टी नृतृत्वसँग छलफलको लागिभन्दै ७ मुख्य शिविरका माओवादी लडाकु कमान्डरहरु राजधानी आएपछि शिविरमा पुगेको सचिवालयको टोलीले दोस्रो चरणको वर्गीकरणको काम र समायोजनमा जाने लडाकुहरुको नामावली सङ्कलन गर्न सकेको थिएन । हिजो काठमाडौंमा भएको लडाकु कमान्डरहरुको भेलाले अवकाशमा जान चाहने लडाकुहरुको बिदाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेपछि सचिवालयको टोलीले आजबाट काम सुरु गर्न लागेको हो । सचिवालय सदस्य दीपकप्रकाश भट्टले दोस्रोचरणको वर्गीकरणको काम र अवकाश रोज्नेहरुले पाउने आधार रकम बाँड्ने काम आजबाट सुरु हुने बताउनुभयो । अवकाश रोज्ने लडाकुहरुले बाटो खर्च बापतको रकम लिएर घर फर्कनेछन् । सदस्य भट्टका अनुसार समायोजनमा जाने लडाकुहरुलाई छुट्टाएर पर्सीसम्ममा उनीहरुलाई नेपाली सेनाको जिम्मा लगाइनेछ । राजधानीमा भेला भएका लडाकु कमान्डरहरु आज बिहान सम्बन्धित शिविरमा पुग्नेछन् । माओवादीका साढे ६ हजार लडाकुलाई नेपाली सेनाको मातहतमा गठनहुने महानिर्देशनालयमा समायोजन गर्ने दलहरुबीच भएको सातबुँदे सहमतिमा उल्लेख छ । तर यसअघि भएको पुनवर्गीकरणमा ९ हजार ७ सय ५ लडाकुले समायोजन रोजेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो