भैरहवा र काठमाडौंबाट नयाँदिल्लीसम्म बससेवा सुरु

२४ असार २०७०, सोमबार १०:३६ मा प्रकाशित

रुपन्देही, २३ असार । नेपाली यात्रीहरुलाई लक्षित गरी स्थल नाका बेलहिया हुँदै भारतको दिल्लीसम्मका लागि स्तरीय डिलक्स एसी बस सेवा सञ्चालन प्रारम्भ भएको छ । मन्जुश्री सेवा समिति काठमाडौं र सफ्ट एक्सकर्सन टुर्स एन्ड ट्राभल्स बेलहिया (भैरहवाको) सहकार्यमा उक्त यातायात प्रारम्भ भएको हो। काठमाडौं, भैरहवा (बेलहिया नाका) हुँदै दिल्लीसम्म जाने उक्त बस पूर्ण रुपमा एअर कन्डिसन जडित रहेको छ । हाललाई हप्तामा २ दिन बसले सेवा दिने सफ्ट एक्सकर्सन टुर्सका सञ्चालक रमेश थापाले बताए । काठमाडौंबाट बिहान ९ बजे छुट्ने बसको अन्तिम गन्तव्य दिल्लीको मजनुका टिला भन्ने स्थान हो । मजनुका टिला अत्यधिक नेपाली बसोबास गर्ने स्थानको रुपमा परिचित रहेको छ । काठमाडौंका लागि मजनुका टिलाबाट दिउँसो १ बजे बस छुट्ने थापाले बताए । ‘लामो दुरीको यात्रा भएकाले चालक पनि २ जना व्यवस्था गरेका छौँ, जसले गर्दा यात्रुहरु थप सुरक्षित रहनेछन्, थापाले भने ।
हाललाई २ वटा बसले सेवा सुरु गरे पनि दशैंसम्ममा प्रत्येक दिन दुवै तर्फबाट बस छुटने गरी तैयारी भैरहेको सञ्चालकहरुले जनाए । दुवै संस्थाको सहकार्यमा ३ वर्र्षदेखि काठमाडौँ भैरहवा दिल्ली सामान्य बस सेवा प्रारम्भ भएको थियो । सो सेवाको सफलतापछि स्तरीय डिलक्स एसी बसबाट सेवा सुरु भएको हो । काठमाडौंबाट दिल्लीसम्मका लागि ३ हजार पाँच सय तथा भैरहवाबाट दिल्लीका लागि २ हजार पाँच सय नेपाली रुपैयाँ प्रतियात्रुका दरले शुल्क कायम गरिएको छ । ३५ सिट रहेको बसमा अहिलेलाई भैरहवाबाट ६ यात्रीले यात्रा गर्न सक्ने गरी कोटा निर्धारण भएको छ । दैनिक एक बस सुरु भएपछि सिट संख्या बढाइने जनाइएको छ ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४