युवापिँढीलाई सत्ता हस्तान्तरणका लागि भट्टराईको राजीनामा : नेता रायमाझी

२४ असार २०७०, सोमबार १०:१५ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २३ असार । एकीकृत नेकपा माओवादीका नेता तथा बाबुराम भट्टराईका विशेष निकट रहेका टोपबहादुर रायमाझीले भट्टराईले पद त्याग गर्नु उदाहरणीय काम भएको बताएका छन् । भट्टराइले युवा पिँढीलाई सत्ता हस्तान्तरण गर्ने उदेश्यले उपाध्यक्षबाट राजीनामा गरेको उनको प्रस्ट्याए । रायमाझीले कांग्रेस र एमाले वैद्य पक्षलाई उचालेर चुनाव नगराउने पक्षमा रहेको आरोप लगाए ।
एमाओवादी अर्घाखाँचीले गरेको पार्टी प्रवेशको कार्यक्रममा बोल्दै उनले राष्ट्रलाई निकास दिने एजेण्डा एमाओवादीसँग मात्रै भएकाले अबको संविधानसभाको निर्वाचनमा दुइ तिहाइ मत ल्याउने दाबीसमेत गरे । खिलराज नेतृत्वको वर्तमान सरकारले मंसिरमै चुनाव गराउन नसके सरकारको औचित्य समाप्त भएर जाने भन्दै उनले यो सरकारले चुनाव गराउनै पर्ने दाबी गरे ।
उनले बैद्य माओवादीमा पनि दुइ धार रहेको बताउँदै चुनावमा जानुपर्छ भन्ने पक्षको बहुमत रहेको दाबी गरे । उनले चुनाव नचाहने दलहरु यथास्थितीवादी भएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४