फलफुल बाँडेर पूर्वराजाको जन्मोत्सव, अनुयायीहरुद्वारा राजसंस्था फर्कने दाबी

२४ असार २०७०, सोमबार १०:१२ मा प्रकाशित

बुटवल, २४ असार । राप्रपा नेपाल बुटवल नगर समितिले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको ६७ औं जन्मदिन विभिन्न कार्यक्रम गरि मनाएको छ । बुटवलको लुम्बिनी अञ्चल अस्पतालका बिरामीलाई फलफूल बितरण गर्नुका साथै जन्मोत्सव सभा समेत गरिएको हो । सभामा बोल्दै राप्रपा नेपालका केन्द्रिय सदस्य तथा लुम्बिनी अञ्चल इन्चार्ज रुपसिंह थापाले राजसंस्थाको विकल्प नभएको भन्दै
राजसंस्था र्फकने दाबि गर्नुभयो । नगर अध्यक्ष बेदप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा नेपालनिकटको प्राज्ञ परिषदका केन्द्रिय सदस्य डोलराज अर्याल, शिक्षक परिषदका केन्द्रिय सचिब चुन्नु प्रसाद पौडेल, जिल्ला महिला अध्यक्ष लक्ष्मी कुवर, पार्टिका जिल्ला सदस्य कृष्ण गुरुङ, हरि सिवाकोटी,बजिद अलि दिवान, प्रदीप शेरचन लगायतले बोल्दै राजसंस्था फर्काउनका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताएका थिए । राप्रपा नेपालले आइतबार बेलुका बुटवलमा दीपावली समेत गर्ने बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर