प्रतिकुल मौसमका बावजुद सेनाद्वारा खाद्यान्न आपूर्ति जारी

२४ असार २०७०, सोमबार ०९:११ मा प्रकाशित

काठमाडौं, २४ असार । असार पहिलो सातादेखिको अविरल वर्षासँगै दार्चुलाको खलङ्गामा आएको बाढीबाट प्रभावित भई जिल्लामा खाद्य सामाग्रीको अभाव हुन नदिन नेपाली सेनाले खाद्यान्न ढुवानी गरेको छ । सो को लागि हेलिकप्टरबाट खाद्य सामाग्री आपूर्ति गर्ने क्रममा प्रतिकुल मौसमको बाबजुद ढुवानी कार्य संचालन भइरहेको नेपाली सेनाले जनाएको छ । गुल्मबाट ७२ जना सैनिक जवानहरु खट्टिई दार्चुलाको दत्तु ईलाकामा स्टोर गरि राखिएको १४ सय किलोग्राम खाद्य सामाग्री पैदल ३६ कि.मि. (आउन र जान गरेर) टाढाबाट खलङ्गा बजारसम्म ढुवानी गर्ने कार्य आइतबार सम्पन्न भएको बताइएको छ । नेपाली सेनाको ईक्युलेट हेलिकप्टरबाट समेत मौसम अनुकुल भएको समयमा खाद्य सामाग्री ढुवानी गर्ने कार्य भईरहेको सेनाको भनाई छ ।
प्रतिकुल मौसममा पनि स्थानिय सैनिक जवानहरु परिचालन गरी खाद्य सामाग्रीको सहज आपूर्ति व्यवस्था भईरहेको र मौसम अझै खराब रहेपनि मौसम अनुकुल हुँदा खलङ्गामा खाद्य सामाग्री ढुवानी हेलिकप्टरबाट जारी रहने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा