शीर्ष नेताको गोप्य बैठक धुलिखेल आस पासमा बस्दै ; शिविर खाली गर्ने र संघीयताको विषयमा अन्तिम सहमति खोज्ने प्रयास

२८ चैत्र २०६८, मंगलवार ०५:३१ मा प्रकाशित

सरिता गुरुङ, काठमाडौं, चैत २८ । प्रमुख दलका शीर्ष नेताहरू मंगलबार धुलिखेलको र एकान्त स्थानमा बसेर शान्ति प्रक्रियामा टुंगिन बाँकी समायोजन गरिने छापामारको अन्तिम संख्या, विषय र संविधान निर्माणमा सहमति जुटाउन गोप्य बैठक बस्ने तयारी गरेका छन् ।

मंगलबारनै माओवादी अध्यक्ष पुष्पकमल दाहाल भैरहवाबाट राजधानी आइपुगे लगतै धुलिखेल आस पासको क्षेत्रमा गोप्य बैठक बस्ने तयारी भैरहेको स्रोतले दावी गरेको छ ।

स्रोतका अनुसार दाहाल आज बिहानको पहिलो उडानबाट राजधानी आउने तरखरमा रहेका छन् । बैठकका लागि प्रधानमन्त्रि निकट स्रोतले धुलिखेल आस-पासको क्षेत्र खोजेको थाहा भएको छ ।

स्रोतका अनुसार कांग्रेस सभापति सुशील कोइराला पनि बैठकमा सहभागी हुन भन्दै एक दिनको कार्यक्रम छोट्टयाएर राजधानी राजधानी आइसकेका छन् भने लगत्तै कांग्रेस-एमालेले शान्ति प्रक्रियालगायत संविधान निर्माणमा पनि एकमत बनाउने प्रयाससमेत गरि सकेका छन् ।

आज बस्ने शीर्ष नेताको गोप्य बैठकबाट समायोजन गरिने छापामारको अन्तिम संख्या, विषय र चैतभित्रै शिविर खाली गर्ने त्यसै गरि अर्को महत्व पूर्ण मुद्दा संविधान निर्माणमा
शासकीय स्वरूप र संघीयताको विषयमा अन्तिम सहमति खोज्ने प्रयास हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले