पूर्वसभासद मियाँका हत्यारा पत्नी र छोरी गए जेल

२४ असार २०७०, सोमबार ०७:४२ मा प्रकाशित

रासस, २४ असार । संविधानसभाका पूर्वसभासद् सदरुल मियाँ हकको हत्याका मुख्य योजनाकार भनिएका हककी पत्नी र छोरीसहित तीन जनालाई जिल्ला अदालत राजविराजले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
न्यायाधीश किरण शिवाकोटीको इजलासले सभासद् हकको हत्याका मुख्य योजनाकार भनिएकी पत्नी नुरजहाँ, छोरी रुवेदा र हत्यामा संलग्न रहेको आरोप लागेका अब्दुल रउफलाई २३ असारमा थुनामा राख्ने आदेश दिएको हो । आदेशअनुसार अभियुक्त तीनै जनालाई आइतबार राजविराजस्थित कारागार लगिएको छ । तत्काल उपलब्ध सबुत प्रमाणबाट दोषी देखिएका कारण अदालती बन्दोबस्तको दफा ११८ को उपदफा २ बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको जिल्ला अदालत राजविराजले जनाएको छ ।
पूर्वसभासद् हकको हत्या उनकै श्रीमती र छोरी मिलेर गराएको तथ्य केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)ले गत जेठ २४ गते सार्वजनिक गरेको थियो । व्यापक अनुसन्धानपछि सिबिआईले राजविराजमा पत्रकार सम्मेलन गरी हत्याको योजना बनाउने आमाछोरी र हत्यामा संलग्नमध्येका रउफलाई सार्वजनिकसमेत गरेको थियो ।
हत्यामा संलग्न भनिएकामध्ये सिरहा चतुरी–२ का ऐनुल शेख र लहानका जमिरुल शेख अझै फरार छन् । प्रहरीले दुवैको खोजी तीव्र रुपमा भइरहेको जनाएको छ । पूर्वसभासद् हकको गत जेठ ६ गते राति सप्तरीको कल्याणपुर–२ विसनपुरस्थित आफ्नै पेट्रोल पम्पमा हत्या गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।

न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट