सुगम र स्मृति बने मिस एण्ड मिस्टर एएनए

२४ असार २०७०, सोमबार ०७:१५ मा प्रकाशित

न्यूयोर्क । एसोसिएसन अफ नेप्लिज इन अमेरिका एएनएको न्यूयोर्कमा सम्पन्न मिस्टर एण्ड मिस १३ औं एएनए प्रतियोगितामा सुगम श्रेष्ठ र स्मृति श्रेष्ठले मिस्टर एण्ड मिस एएनएको उपाधि जितेका छन् । सम्मेलनको दोस्रो दिन शुक्रबार साँझ न्यूयोर्कमा आयोजित प्रतियोगितामा १७ प्रतिस्पर्धीलाई उछिन्दै सुगम श्रेष्ठ र स्मृति श्रेष्ठले मिस्टर एण्ड मिस एएनएको उपाधि जितेका हुन् । उपाधिसँगै उनीहरुले ३ हजार २ सय ५० अमेरिकी डलरको पुरस्कार हात पारेका छन् । १३ औं मिस एएनए छानिएकी स्मृतिले टाइटलसँगै मिस तस्विरको उपाधिसमेत जितेकी छिन् । १३ औं मिस एण्ड मिस्टर एएनए प्रतियोगितामा दिवेश भण्डारीले मिस्टर पपुलर, मिस्टर मुस्कान र मिस्टर डिसिप्लिनको टाइटल जितेका छन् । यसैगरी जुवी गौचनले मिस पपुलर, मिस फेसानिष्टा र बेष्ट कपलको उपाधी जितेकी थिइन । करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले मिस मुस्कानको उपाधी जितेको उक्त प्रतियोगितामा उद्योगपति राहुल चौधरी, गायिका नलिना चित्रकार र ३१ औं एएनए सम्मेलनका मुख्य संयोजक समिर महर्जन लगायत अमेरिकन सेलेबेर्टीहरु निर्णायक रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अनुष्का शर्मा र विराट कोहलीकी छोरी वामिकाको फोटो हालै मात्र सोसल मिडियामा भाइरल भयो । अनुष्का आफ्नी छोरीलाई

एजेन्सी । बलिउडमा यस्ता धेरै अभिनेत्री छन्, जसले विवाहपछि आफ्नो करियरलाई अलविदा गरिसकेका छन् । यसका पछाडि विभिन्न कारणहरू थिए, जुन

काठमाडौं।बलिउडदेखि हलिउडसम्म यात्रा गरिसकेकी अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनास सरोगेसीका माध्यमबाट आमाबाबु बनिसकेका छन् । प्रियंका र

काठमाडौँ । कोरोना संक्रमण दर बढेसँगै सरकारले फिल्म हल बन्द गरे पनि फिल्म छायांकनमा भने रोक लगाएको छैन । स्वास्थ्य