गर्भवती प्रमिकाको लाश फोहोरको थुप्रोमा

२३ असार २०७०, आईतवार २३:०९ मा प्रकाशित

काठमाडौं, २३ असार । उदयपुरको बेल्टारनिवासी अमरसिंह कार्की प्रेमिका हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । रमेश नामले समेत चिनिने कार्कीले चितवनकी २० वर्षिया सपना पौडेलको काठमाडौं नरदेवीस्थित डेरामै हत्या गरी बोरामा हालेर फोहोर थुपार्ने ठाउँमा मिल्काई उदयपुर गई बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले हत्यामा सघाएको आशंकामा आयुषा भन्ने सरिता पौडेल, दीपेन्द्र बस्नेत भनिने वीरबहादुर र मुना ठकुरीलाई समेत नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।
प्रहरीका अनुसार ४५ दिनअघि पौडेल बेपत्ता भएकी थिइन् । सानैमा आमा मरेपछि मावलीले उनलाई हुर्काएका थिए । ५ वर्ष अघिदेखि नरदेवीमा सानीआमा अञ्जना महर्जनसँग बस्दै आएकी उनी ६ महिनाअघिदेखि नरदेवीमा प्रेमी कार्कीसँग बस्दै आएकी थिइन् । अपराध महाशाखाले पौडेल हराएको उजुरी आएपछि उनका साथीभाइ र आफन्तलाई बोलाएर सोधपुछ गरेको थियो । अनुसन्धानकै क्रममा कार्की र पौडेलको सम्बन्ध खुलेपछि कार्कीलाई उदयपुर पुगेर पक्राउ गरेको थियो । मृतक पौडेल गर्भवतीसमेत रहेकी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४