असन्तुष्टलाई भड्काएर चुनाव भाँड्ने चारदलीय चाल : कमल थापा

२३ असार २०७०, आईतवार २२:४५ मा प्रकाशित

काठमाडौं, २३ असार। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रमुख दलहरु संविधानसभाप्रति इमानदार छन् भने चारदलीय संयन्त्र तत्काल खारेज गर्नुपर्ने बताएका छन् । उच्चस्तरीय राजनीतिक समिति कायम रहेसम्म संविधानसभाको दोस्रो निर्वाचन हुनै नसक्ने ठोकुवागर्दै अध्यक्ष थापाले चारदलीय सिन्डिकेट खारेज हुनासाथ निर्वाचनको आधा वातावरण बन्ने उदघोष गरे । 
आइतबार राधजानीमा आयोजित सक्षात्कार कार्यक्रममा थापाले सर्वपक्षीय छलफल गरेर असन्तुष्टहरूलाई पनि निर्वाचनमा ल्याउनु पर्ने जिकीर गर्दै चार दलको निषेधको राजनीतिकै कारण केही राजनीतिक दल सडकमा जान बाध्य भएको उल्लेख गरे । असन्तुष्ट पक्षसँग विनापूर्वाग्रह वार्ता गर्नेतिर नलागी बल प्रयोग गरेर निर्वाचन गर्ने कुरा गरेर ठूला भनिएका दलहरुले निर्वाचन हुन नदिने चालबाजी गरेको आरोप लगाउँदै थापाले भने, ‘असन्तुष्टहरूलाई चुनावमा ल्याउन वार्ता नगर्ने चारदलीय सिन्डिकेटले चुनावको आफैँले विरोध गर्न नमिल्ने भएकाले यतिबेला शक्ति प्रयोग गरेर भए पनि निर्वाचन गराउने कुरा गर्नु निर्वाचन हुन नदिने चालबाजी हो, यो सबैले प्रस्ट बुझ्नुपर्छ । ‘शक्ति प्रयोग गरेर चुनाव हुँदैन । हामीले पनि चुनाव गरेकै हौँ तर भएन् नि !’
उनले चार दलको भित्री मनसाय निर्वाचन हुन नदिने र मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकार असफल बनाएर फेरि सत्ता कब्जा गर्ने भएको आरोप लगाउँदै चार दलको निषेधको राजनीति, रेग्मी सरकारको प्रभावहीन कार्यशैली र सडकमा रहेका दललाई सहमतिमा ल्याउन सार्थक पहल गर्नुको कारणले निर्वाचनको माहोल बन्न नसकेको आरोपसमेत लगाए । आगामी निर्वाचनमा कसैसँग तालमेल नगरी राप्रपा नेपालले मुलुकका सबै क्षेत्रमा उम्मेदवारी दिने पनि थापाले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा