रेफ्रीद्वारा खेलाडीमाथि छुरा प्रहार, दर्शकले गरे रेफ्रीको हत्या !

२३ असार २०७०, आईतवार २२:१६ मा प्रकाशित

एजेन्सी । ब्राजिलमा एक फुटबल म्याचको दौडानमा रेफ्रीसँग रिसाएका दर्शकले रेफ्रीको हत्या गरेका छन् । उत्तरी ब्राजिलको मारान्हो राज्यमा आयोजित फुटबल प्रतियोगितामा एक खेलाडीले अनुशासन तोडेको भन्दै रेफ्रीले मैदान छोडेर बाहिर जान निर्देशन दिएका थिए । तर, खेलाडीले आदेश नटेरेपछि रेफ्रीले चक्कुले खेलाडीमाथि प्रहार गरे । यसपछि दर्शकहरु उत्तेजित बने र मैदानमा ओर्लिएर उक्त रेफ्रीमाथि धावा बेले । 
स्थानीय प्रहरीलाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएअनुसार जोइनिर डोस सैन्टोल नामक खेलाडीलाई सिल्वा नामक ती रेफ्रीले छुरा प्रहार गरेका थिए । घाइते सैन्टोललाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भयो । रेफ्रीको त्यस्तो व्यवहार सहन नसकी मैदानमा उत्रिएका दर्शकले उनीमाथि ढुंगा बर्षाउन थाले । जबसम्म मैदानमै सिल्वाको प्राण पखेरु उँडेन तबसम्म दर्शकले उनीमाथि प्रहार गर्न छोडेनन् । अन्तिममा उग्र दर्शकको भीडले त्यही छुराले घाँटी रेटेर सिल्वाको शीर र शरिर अलग गरिदिएका थिए । प्रहरीले घटनाको छानबिन गरी सबै दोषीलाई कारबाही गर्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

इस्लामावाद । कोरोनाभाइरसको महामारी बढ्दै गएपछि पाकिस्तानका विद्यालय बन्द गर्ने घोषणा गरिएको छ ।कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये एक हजारभन्दा बढी

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा