तुलसीपुर बसपार्कमा सामूहिक बलात्कार, कैलालीमा सात यौनजोडी पक्राउ

२३ असार २०७०, आईतवार १३:१० मा प्रकाशित

काठमाडौ, २३ असार । दाङको पवननगरमा एक १७ वर्षिया किशोरीमाथि सामूहिक बलात्कार भएको घटना प्रकाशमा आएको छ । स्थानीय इलाका प्रहरी कार्यालयले जनाएअनुसार शनिवार राती तुलसीपुरस्थित बसपार्कमा बसभित्रै चार जनाको समुहले ती किशोरीलाई सामूहिक बलात्कार गरेको हो । बलात्कारी चारैजना प्रहरी नियन्त्रणमा परेका छन् । राती दुई बजे पीडित किशोरीले प्रहरीमा उजुरी दिएपछि लगत्तै बलात्कारी युवाहरु पक्राउ परेका बताइएको छ ।
पक्राउ पर्नेमा प्युठानका विरवहादुर खत्री, सल्यानका युवारज डाँगी, अर्जुन योगी र चन्द्र डाँगी छन्। यी चारै युवाहरु गाडी स्टाफ रहेका र चारैजनाले आफूहरुले करणी गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ ।
यस्तै, यौन क्रियाकलापमा संलग्न भएको भन्दै कैलालीको अत्तरिया बजारस्थित विभिन्न तीन होटेलबाट शनिबार दिउँसो प्रहरीले सात जोडी युवा युवतीलाई पक्राउ गरेको छ ।
अत्तरियाका होटलहरुमा खुलेआम बढेको यौन क्रियाकलापले विकृति बढेको जनगुनासो आएपछि गएको प्रहरी टोलीले सात जोडीलाई अपत्तीजनक अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक विष्णुबहादुर सिंहले बताए । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान सुरु गरिएको छ ।
पछिल्लो केही समययता धनगढी, अत्तरियालगायतका सहरी क्षेत्रमा खुलेयाम बढ्दै गएका यौन क्रियाकलापका घटनाले सामाजिक विकृति विसङ्गति निम्त्याइरहेको भन्दै यस्ता गतिविधि रोक्न सबैले पहल गर्नुपर्ने स्थानीय सर्वसाधारणको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा