सेनामा जागिर लगाइदिने भन्दै बिचौलियाको विगविगी बढेपछि…

२३ असार २०७०, आईतवार ०८:२५ मा प्रकाशित

काठमाडौं, २३ असार । नेपाली सेनाले वर्तमान दरबन्दीमा रिक्त अधिकृत क्याडेट, प्राविधिक सुवेदार, लेखा जमदार कर्मचारी, सहायक पण्डित हुद्धा, अमल्दार कर्मचारी, प्राविधिक अमल्दार लगायत अन्य पदहरुको निमित्त योग्यता पुगेका ईच्छुक नेपाली नागरिकबाट दरखास्त आव्हान गरेको छ । यसरी खुल्ला प्रतिष्पर्धाबाट रिक्त दरबन्दीमा छनोट गर्न सार्वजनिक सूचना जारी भएलगत्तै सेना र प्रहरीमा जागिरको ग्यारेन्टी गर्दै युवायुवतीसँग मोटो रकम असुल्ने संगठित गिरोहका गतिविधि बढ्न थालेको पाइएको छ । गएको साउनयता मात्रै प्रहरीले सुरक्षा निकायमा जागिर पक्का गर्ने भन्दै मोटो रकम असुल्ने २५ भन्दा बढी दलाललाई पक्राउ गरी कारबाही गरेको थियो भने दुई महिना यता नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आवेदन खुलेपछि यो क्रम अझ बढ्दै गएको बुझिएको छ । दललाहरुको यस्तो प्रवृत्ति बुझेर नेपाली सेनाले एक सार्वजनिक विज्ञप्ति नै प्रकाशित गर्दै त्यस्ता गिरोहको प्रलोभनमा नपर्न अपिल गरेको छ।
सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा सैनिक ऐन २०६३ र सैनिक नियमावली २०६९ ले निर्दिष्ट गरेका प्रावधान अनुसार खुल्ला प्रतियोगितामा सहभागी भएर नेपाली सेनामा छनौट भई राष्ट्रको सेवा गर्न पाउने अधिकार हरेक नेपाली नागरिकको मौलिक अधिकार रहेको उल्लेख गर्दै पदपूर्ति प्रक्रियामा नियमानुसार सरिक उम्मेदवारहरुले आफ्नो योग्यता, क्षमता र उत्कृष्टता प्रदर्शन गरी सेनामा प्रतिस्पर्धात्मक परिक्षा मार्फत छनौट हुने मौका सुनिश्चित रहेको र नेपाल सरकारको सर्वमान्य सिद्धान्त अनुसार पारदर्शीता, निश्पक्षता र उत्कृष्टतालाई अबलम्बन गरिंदै आएको जनाएको छ ।
पदपूर्ति छनौट प्रक्रियाका बारेमा विभिन्न समयमा सत्यभन्दा टाढाको अनर्गल र भ्रामक टिका टिप्पणी हुने गरेको विषयमा नेपाली सेनाको ध्यानाकर्षण हुने गरेको सेनाले प्रस्ट्याएको छ । छनौट प्रक्रियाको कानुनी प्रक्रिया र यसमा हुने पारदर्शीता, निष्पक्षता र ईमान्दारीता भन्दा बाहिर गई व्यक्तिगत तवरमा कोही कसैबाट नियमविपरितका कुनै अवान्छित गतिविधि भएको छ भने स–प्रमाण यस सैनिक जनसम्पर्क निर्देशनालयको टेलिफोन नम्बर ०१–४२४६१४० मार्फत सूचित गर्न सकिने व्यवस्था रहेको बताएको छ । यसरी नियमविपरित कोही कसैबाट अवान्छित क्रियाकलाप भए गरेको वा गराएको पाईएमा कानुन बमोजिम सख्त कारवाही गरिने प्रतिवद्धता विज्ञप्तिमार्फत् गरिएको छ ।
प्रतिस्पर्धात्मक खुल्ला परिक्षा प्रणालीबाट छनौट हुन चाहने कर्मठ युवाहरुलाई आफ्नो योग्यता, क्षमता, मेहनत र ईमान्दारीलाई निर्भयका साथ प्रदर्शन गरी संशय बेगर परिक्षामा प्रस्तुत भई आफ्नो क्षमता अनुसारको परिणामप्रति आफु ढुक्क हुन सकिने भएकोले कुनै पनि प्रकारको मिथ्या प्रलोभनबाट टाढा रहन सम्बन्धित सबैलाई नेपाली सेनाले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।

न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट