गहना किनिदिने प्रलोभन दिएर बालिका बलात्कारको प्रयास

२३ असार २०७०, आईतवार ०७:०९ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही २३ असार । तौलिहवा बजारकी एक ९ बर्षीया बालिकालाई करणीको प्रयास गरेको आरोपमा उनका अभिभावले अभियुक्तविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । घटनाको पाँच दिनपछि जाहेरी दिएको र प्रहरीमा जाहेरी परेलगत्तै फरार भएका अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
बालिकालाई ललाइफकाई करणीको प्रयास गरेको भन्दै बालिकाकी भाउजुले स्थानीय ३० बर्षे बब्लु भन्ने दिनेशकुमार कसौधन बिरुद्ध जाहेरी दिएपछि फरार भई पुनः पक्राउ परेका हुन् । मानअधिकारकर्मी, स्थानीयबासीको सहयोगमा उनले अभियुक्तबिरुद्ध जाहेरी दिइएको थियो । प्रहरीले बब्लुबिरुद्ध करणी उद्योगको मुद्दा दर्ता गरी अदालतबाट घटनाको थप अनुसन्धानकालागि म्याद थप गराएको छ । गत आईतबार घरमा कोही नभएको मौका छोपी छिमेकमा रहेका बब्लुले बालिकालाई कानको टप किनिदिने बाहानमा आफ्नो घरमा बोलाई करणी गर्न प्रयास गरेका थिए । उता जाहेरी फिर्ता लिन आफुलाई पीडकका आफन्तबाट ठुलो दबाव आइरहेको बालिकाका अभिभावले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर