सहकारीमा ६० अर्बभन्दा बढि निक्षेप

२३ असार २०७०, आईतवार ०७:०६ मा प्रकाशित

रुपन्देही, २३ असार । सहकारीको विकाशविना देशको समृद्धि सम्भव नभएकाले राज्यले त्यसतर्फ ध्यान केन्द्रीत गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । राज्यले नीति र कार्यक्रम बनाए पनि त्यसको कार्यान्वयन पक्ष फितलो भएकाले सहकारीहरुको यथोचित विकाश हुन नसकेको उनीहरुले जोड दिए । जिल्ला सहकारी संघ लिमिटेड रुपन्देही र बचत तथा ऋण सहकारी संघ रुपन्देहीको संयुक्त आयोजनामा शनिबार बुटवलमा सम्पन्न ९१ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सहभागिहरुले देशको आर्थिक विकाशका लागि सहकारीकर्मीहरु समेत एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा सहकारीसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय सहकारी संघ नेपालका केन्द्रीय सदस्य प्रभा कोइरालाले परनिर्भरताबाट आत्मनिर्भरतातर्फ अग्रसर हुन सहकारीको मर्मलाई आत्मसाथ गर्नुपर्ने उल्लेख गरिन् । कोइरालाले हरेक पक्षमा काम गर्नसक्ने सहकारीहरुको दायरा अझ फराकिलो बनाउनुपर्ने र राज्यले समेत सहकारीहरुको नियमनको प्रकृयालाई फराकिलो बनाएर लैजानुपर्नेमा जोड दिइन् । नेपालले सहकारीको क्षेत्रमा विगत ६ दशकको अबधिको उल्लेख्य फड्को मारेको बताउँदै उनले ६० अर्ब भन्दा बढि निक्षेप सहकारीमा रहेको र ३ लाखभन्दा बढि स्वयम सेवक, ७६ हजार बढिले रोजगारी र ४६ लाख भन्दा बढि नागरिक सहकारीमा आबद्ध रहेको जानकारी गराइन् । कार्यक्रममा कार्यपत्रमाथि टिप्पणी गर्दै सहकारीविज्ञ डा. खगराज शर्माले सहकारीहरुको संख्यात्मक रुपमा विकाश भएपनि अब तिनिहरुको गुणात्मक विकाशका लागि सहकारीकर्मीहरु लाग्न सुझाब दिए ।
हरेक समयमा आउने आर्थिक संकट समाधानमा सहकारीहरु सफल देखिएकाले नेपालको सन्दर्भमा कृषि र ग्रामीणमुखी अर्थतन्त्रलाई अघि बढाउन सहकारीहरुलाई प्रयोग गर्नुपर्ने शर्माले बताए । त्यसका लागि समान उदेश्य भएका सहकारीहरुलाई मर्ज गर्नुपर्ने र राज्यले बनाएका नितिहरु अक्षरसः पालना हुनुपर्नेमा शर्माको जोड छ । सहकारी ब्यवसाय संकटका बेला सशक्त रहन्छ भन्ने नारासहित आयोजित कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भीम तुलाचनको अध्यक्षता, बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णप्रसाद नेपालको स्वागत र मनोज भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएका थियो ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर