पृथ्वी राजमार्गको मादीखोला पुलबाट बस खस्दा १२ को मृत्यु, दस घाइते

२२ असार २०७०, शनिबार २१:२६ मा प्रकाशित

काठमाडौं, २२ असार । राजमार्गअन्तर्गत मादी खोलाको पुलबाट बस खस्दा १२ जनाको मृत्यु भएको छ भने १० गम्भीर घाइते भएका छन् । ना ३ ख ४६८४ नम्वरको पोखरावाट मुग्लिनतर्फ आउँदै गरेको यात्रुवाहक वस शनिबार मादी नदीमाथिको पुलवाट खसेको हो । मादी नदी माथि ३ सय ७० मिटर लामो पुलको करिव विचभागवाट वस तल खसेको बताइएको छ । वर्षाको भेलमा नदीको बीचमा खसेको बसबाट यात्रुको उद्दार गर्न कठिन भएको बुझिएको छ । तथापि, दुर्घटनास्थल नजिकै रहेको नेपाली सेनाको केवलजंग गुल्मबाट खटिएका सेनाले तत्काल उद्धार कार्य सञ्चालन गरेका थिए । दुर्घटनास्थल दमौली वजारवाट करिव ५ सय मिटर पश्चिममा पर्छ । 
दुर्घटनामा परेका यात्रुको उद्धारका लागि प्रहरी उपरिक्षक देववहादुर वोहरा र केवलजंग गुल्मका गुल्मपति राजाराम वस्नेत सहितका नेपाली सेना र प्रहरी गरी करिव १ सय जना र दमौलीवासी खटिएका बताइएको छ । वस मादी नदीको विच भागमा करिव आधाभन्दा वढी डुवेको अवस्थामा छ भने डोरीको सहयोगले नदीको बीचबाट घाइतेको उद्धार गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा