राजदुत शंकर प्रसाद शर्माले मेक्सिकोमा ओहदाको प्रमाणपत्र पेश गरे

२२ असार २०७०, शनिबार १९:५३ मा प्रकाशित

मेक्सिको, २२ असार । अमेरिकाको लागि नेपाली राजदुत डा. शंकर प्रसाद शर्माले मेक्सिकोकालागि गैह्र आवासीय राजदुतको हैसियतले मेक्सिकोका राष्ट्रपति एनरिक पेन्या नियतो समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।
ओहदाको प्रमाणपत्र ग्रहण गर्दै महामहिम राष्ट्रपति एनरिक पेन्या नियतोले मेक्सिकोकालागि नेपाली राजदूत नियुक्त भएकोमा राजदूत शर्मालाई बधाई ज्ञापन गरेका नेपाली दुताबास डिसीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । मेक्सिकोका लागि गैह्र आवासीय राजदुत डा. शंकर प्रसाद शर्मासंग मेक्सिकोका राष्ट्रपतिले नेपालका राष्ट्रपति रामवरण यादवको सुस्वास्थ्य र नेपाली नागरिकहरुको अनवरत प्रगति र समृद्धिको कामनाको सन्देश पुर्‍याइ दिन पनि आग्रह गरेका थिए ।
ओहदाको प्रमाणपत्र पेश गर्दै राजदूत शर्माले राष्ट्रपति यादवले मेक्सिकोका राष्ट्रपतिको सुस्वाथ्य र मेक्सिको एवं मेक्सिकन नागरिकहरुको अनवरत प्रगति र समृद्धिको कामना गर्दै पठाएको सन्देश व्यक्त गरे । ओहदाको प्रमाणपत्र पेश गर्नु अगाडि राजदूत शर्माले मेक्सिकोका परराष्ट्र मन्त्री होसे आन्तानियो मिड कुरिव्रेन्यासग पनि कार्यकक्षमा भेट गरेका थिए ।
ओहदाको प्रमाणपत्र पेश गर्ने समारोहमा राजदूत पत्नी श्रीमती कल्पना शर्मा, राजदूतावासका तृतीय सचिव जीतबहादुर कार्की र मेक्सिकोकालागि अवैतनिक महावाणिज्यदूत ज्याक आसेल पनि सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत