एएनए ३१ औं सम्मेलनको दोस्रो दिन फेशन, फिल्म र साहित्य, लगानीको प्रतिबद्दता

२२ असार २०७०, शनिबार १८:५२ मा प्रकाशित

पुरुषोत्तम ढकाल, न्युयोर्क, अमेरिका, २२ असार । एएनए ३१ औं सम्मेलनको दोस्रो दिन शुक्रवार न्युयोर्क नाजिकैक्को रमणीय रिसोर्टमा जम्मा भएका उत्तर अमेरिकामा बसोबाश गर्ने नेपालीहरु फेशन, फिल्म र साहित्य महोत्सवको माहोलमा झुमी रहेको भेटिन्थ्यो । शुक्रबार आयोजित पहिलो चरणको छलफल सत्रमा गैर आवाशीय नेपाली संघको आसन्न निर्वाचन बारे भएको बहसमा संघका महासचिव तेन्जी शेर्पाले आगामी कार्यकालको लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरे भने नेपाली मुलका अष्ट्रेलियाली धनाढ्य शेष घलेले पनि सोहि पदमा आफ्नो दावी प्रस्तुत गर्नु भयो । अन्तरक्रियामा उद्योगपति कुश कुमार जोशीले टनेल मार्गमा लगानी गरेर मुलुक निर्माणमा सहभागी हुन अमेरिकामा बसोबास गर्ने नेपालीहरुलाई आग्रह गर्नु भएको थियो । अर्का उद्यमी चन्द्र ढकालले द्वन्दको लामो काल खण्डमा पनि रेमिटेन्स बाट चलेको नेपाली अर्थतन्त्र गैर आवाशीय नेपालीहरुले पठाउने पैसामा निर्भर रहेको बताउदै नेपालमा रहेको लगानीको अपार सम्भावनालाई सदुपयोग गर्न आग्रह गर्नु भयो । लगतै उत्तर अमेरिका साहित्य प्रतिस्ठानद्वारा आयोजित कविता महोत्सवमा नेपाली मुलका अमेरिकी कवि कवियित्रीहरुले कविता वाचन गरेका थिए । नेपालबाट आउनु भएका बरिष्ठ साहित्यकार तुलसी दिवसले डाएस्पोरामा देखिएको नेपाली साहित्यको विकासले आफुलाई हर्सित तुल्याएको बताउनु भएको थियो भने अर्की साहित्यकार उषा सेरचनले गजल सुनाउनु भएको थियो । महोत्सवमा प्रथम हुने मोरंगका पदमा गौतमको कविता वाचन सहित दितिय र तृतीय हुने कवितालाई पुरष्कृत गरिएको थियो । शुक्रवारनै अमेरिकमा आप्रवाशीहरुको हितमा क्रियाशील संस्था अधिकारद्वारा आयोजित अन्तरक्रियामा आप्रवाशी अधिकार र बहु चर्चित अध्यागम सुधार कानुनका बारेमा बहस र छल फल भएको थियो । छलफलमा अगुवा समाजसेवी तारा निरौला, अधिकारकी नर्वदा छेत्री र लुना रन्जितले आप्रवाशी अधिकार र बहु चर्चित अध्यागम सुधार कानुनका बारे छलफल चलाएका थिए । सुक्रबार साँझ आयोजित एएनए फेशन शोमा १७ जना नेपाली मुलका अमेरिकी तरुनी तन्नेरीहरुले बिरालो चालमा क्याटवाक प्रस्तुत गरेका थिए । ३१ औं एएनए फेशन शोमा बिगत बर्ष जस्तै फेशनका बिभिन्न बिधमा उत्कृष्ट हुनेलाई पुरष्कृत गरिएको थियो । फेशन, फिल्म र साहित्यका अतिरिक्त शुक्रवार नेपाली चलचित्र छड्के, भिसा गर्ल, उमा प्रदर्शन गरिएको थियो । कार्यक्रममा चर्चित लोक गायक प्रेम राजा महतले गीत गाउदा सम्मेलनका सहभागीहरु नाचिरहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।