भारत मध्यप्रदेशका वित्तमन्त्रीमाथि अप्राकृतिक यौनको आरोप, पदबाट राजीनामा

२२ असार २०७०, शनिबार ११:१२ मा प्रकाशित

एजेन्सी । भारतको मध्यप्रदेशका वित्तमन्त्री राघवजी आफ्नै घरेलु कामदारलाई अप्रकृतिक यौन सम्पर्क राखेको अभियोगमा बदनाम भएका छन् । भारतीय जनता पार्टीका वरिष्ठ नेता ७९ वर्षीय राघवजीले यौन प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका छन् । उनका घरेलु कामदारले उनीमाथि अप्राकृतिक यौन दुराचारको आरोप लगाउँदै प्रहरीमा ऊजुरी दिएका थिए । चार पटक विद्यायक, लोकसभा र राज्य सभाका सदस्य पनि रहिसकेका राघवजी सन २००४ देखि २०१३ सम्म लगातार बजेट प्रस्तुत गरेको रेकर्डका कारण पनि चर्चामा थिए । उनी मध्यप्रदेशको वरिष्ठ भाजपा नेतामध्ये एक हुन् । 
राघवजीले कामदार युवकमाथि अप्राकृतिक सम्बन्ध राखेको भिडियोको सिडीसमेत सार्वजनिक भएको छ । सिडिमा उनी आपत्तिजनक स्थितिमा देखा परेका छन् । मुद्दा सार्वजनिक भएलगत्तै राघवजीले मुख्यमन्त्री शिवराज सिंह चौहान समक्ष राजीनामा दिएका हुन् ।
आफूमाथि लागेको आरोपको सामान्य ढंगले खण्डन गर्दै राघवजीले ती युवक गरिब परिवारको भएको र आफूले सहयोग गर्दै आएको बताएका छन् ।
प्रहरीको ऊजुरीमा उनको ३ वर्षदेखि शारीरिक शोषण भइरहेको भनिएको छ ।
राघवजीकी पत्नी हिरा वेनले श्रीमान्माथि लागेको आरोप झुठो भएको प्रतिक्रिया दिएकी एजेन्सीहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

एजेन्सी । अफगानिस्तानमा तालिवान सरकारका प्रवक्ता जाबीहुल्लाह मुजाहिदले सरकारले महिलालाई पक्राउ गरेको भन्ने विवरण झुट भएको दाबी गरेका छन् ।

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र