‘चरी’माथि गोली प्रहार !

२२ असार २०७०, शनिबार १०:५२ मा प्रकाशित

काठमाडौ, २२ असार । चर्चित डन तथा एमाले कार्यकर्ता दिनेश अधिकारी उर्फ चरी माथि शुक्रबार राती गोली प्रहार भएको छ । एमाले नेता केपी ओलीका खास व्यक्ति भनेर चिनिएका चरी शुक्रबार धादिङको सदरमुकाम धादिङवेसीमा एमालेको एक भातृसंगठनले आयोजना गरेको कार्यक्रममा सहभागी भएर राती राजधानी फर्कने क्रममा काठमाडौं बाफल आइपुग्दा गोली प्रहार भएको प्रहरीले जनाएको छ । सुरक्षाका लागि हरदम केही सहयोगी साथ लिएर हिँड्ने चरीसँग घटनाका बेला पनि चार युवाहरु थिए ।
चरीको बायाँ हातमा गोली लागेको छ भने हाल उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । प्रहरीसँगको प्रारम्भिक बयानमा चरीले पहिले आफ्नै लागि काम गर्ने धादिङकै राधे नामक व्यक्तिले आफूमाथि आक्रमण गरेको बताएका छन् । तर, प्रहरी उक्त व्यक्ति नै आक्रमणकारी हो भन्ने निचोडमा पुगिसकेको छैन ।
बताइएअनुसार आक्रमणकारीहरुले खुकुरीलगायतका हतियासरसमेत ल्याएका थिए । आक्रमण गर्न आएका एक राजेन्द्र तामाङ भन्ने व्यक्ति चरी चढेको गाडीको ठक्करबाट घाइते भएको बुझिएको छ । तामाङलाई ठक्कर दिएलगत्तै स्थानीय युवाले चरी चढेको गाडीलाई नियन्त्रणमा लिएका थिए । लगत्तै अर्को गाडी खोज्दै हिँडेका चरी लाई प्रहरीले देखेपछि अस्पताल पुर्‍याएका थिए । चरी प्रहरीको खोजी लिस्टमा रहेका अभियुक्त समेत हुन् ।
पत्रकारितामार्फत् मुलुकमा विशिष्ट योगदान पुर्याएका धादिङका पत्रकारहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा एमाले नेता केपी ओली प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४