१० वर्षमा नेपाललाई विकासशील राष्ट्र तुल्याइने !

२२ असार २०७०, शनिबार १०:३८ मा प्रकाशित

काठमाडौं, २२ असार । राष्ट्रिय योजना आयोगले राष्ट्रिय विकास परिषद्को बैठकमा आगामी १० वर्षभित्र नेपाललाई अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने महत्वाकांक्षी योजनाको मस्यौदा पेश गरेको छ । 
शुक्रबार बसेको बैठकमा त्रिवर्षीय योजनाको दीर्घकालीन सोचमा सन् २०२२ सम्ममा नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने दाबी आयोगले गरेको छ । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, मन्त्रिपरिषद्का अन्य सदस्य, सबै मन्त्रालयका सचिव, तीनवटै सुरक्षा निकायका प्रमुख, विश्वविद्यालयका पदाधिकारी र निजी क्षेत्रलगायतको सहभागिता रहेको बैठकमा पेश गरिएको मस्यौदा प्रस्तावमा पाँच प्रतिशत गरिबी निवारण गरिने उल्लेख गरिएको छ भने गरिबीको रेखामुनि रहेको जनसंख्या १८ प्रतिशतमा झार्ने लक्ष्य पनि लिएको छ । हाल सो संख्या २३ प्रतिशत छ ।
बैठकमा वार्षिक औसत आर्थिक वृद्धिदर ६ प्रतिशत, कृषि क्षेत्रको वार्षिक औसत वृद्धिदर ४ दशमलव ५ प्रतिशत, अपेक्षित आयु ७१ वर्ष, रोजगारी वृद्धिदर ३ दशमलव २ प्रतिशत, मातृ मृत्युदर प्रतिलाख १ सय ३४ मा झार्नेलगायत लक्ष्य सो मस्यौदामा उल्लेख गरिएको छ ।
जलविद्युत् तथा ऊर्जा विकास, कृषि क्षेत्रको उत्पादकत्व वृद्धि, विविधीकरण र व्यावसायीकरण, आधारभूत शिक्षा तथा स्वास्थ्य, खानेपानी तथा सरसफाइ क्षेत्रको विकास, सुशासन प्रवद्र्धन, सडक तथा अन्य भौतिक पूर्वाधार विकास, पर्यटन, उद्योग र व्यापार क्षेत्रको विकास आदि प्रस्तावित योजना मस्यौदाको प्राथमिकता क्षेत्रमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४