स्थानीय जवापदेहिता र सुरक्षित आप्रवास परियोजनाका लागि १ अर्ब ३९ करोड स्वीस सहयोग

२२ असार २०७०, शनिबार १०:२७ मा प्रकाशित

काठमाडौं, २२ असार । स्थानीय निकायको जवाफदेहिता सुदृढीकरण तथा सुरक्षित आप्रवास (दोस्रो चरण) परियोजना कार्यान्वयन गर्न स्विट्जरल्यान्ड सरकारले एक अर्ब ३९ करोड रूपैयाँ सहायता उपलब्ध गराउने भएको छ । अनुदानस्वरूप प्राप्त हुने उक्त रकममध्ये ४४ करोड रूपैयाँ स्थानीय निकायको जवाफदेहिता सुदृढ गर्न खर्च हुने र ८० करोड ४६ लाख रूपैयाँ दोस्रो चरणको सुरक्षित आप्रवास परियोजना लागू गर्न प्रयोग गरिने बताइएको छ । अनुदान सहयोगसम्बन्धी दुई बेग्लाबेग्लै सम्झौतामा शुक्रबार अर्थ मन्त्रालयमा नेपालका लागि स्विट्जरल्यान्डका राजदूत टमस गास र उक्त मन्त्रालयका सहसचिव एवम् अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख मधुकुमार मरासिनीले हस्ताक्षर गरे । सो अवसरमा राजदूत गासले नेपालको समाजिक–आर्थिक विकासका साथै समग्र विकास परियोजनाहरूमा सहयोग गर्न प्रतिबद्ध रहेको बताए । महाशाखा प्रमुख मरासिनीले नेपालको गरिबी न्यूनीकरणमा सघाउन स्विस सरकारबाट निरन्तर रूपमा प्राप्त सहयाताप्रति कृतज्ञता व्यक्त गरे ।
स्थानीय निकाय तथा सामुदायिक विकास कार्यक्रम (दोस्रो चरण)अन्तर्गत प्रभावकारी एवम् समावेशी सार्वजनिक सेवा प्रवाह गरी पिछडिएका समुदायलाई लाभान्वित बनाइनेछ । प्रारम्भिक चरणमा पूर्वाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रका खोटाङ, ओखलढुङ्गा, रामेछाप, दैलेख, कालीकोट, अछाम र जारकोटमा उक्त परियोजना कार्यान्वयन गरिनेछ । त्यसपछि सिन्धुली र सुर्खेत जिल्लामा क्रमशः परियोजना सञ्चालन गरिने अर्थ मन्त्रालयले जनाएको छ । चारवर्षे उक्त परियोजनाको कार्यान्वयन संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले गर्नेछ ।
त्यसैगरी, वैदेशिक रोजगारी नीति, २०६९ को प्रभावकारी कार्यान्वयन तथा आप्रवासी कामदारका रूपमा विदेश जान चाहने महिला–पुरुषको खर्च घटाउँदै उनीहरूको सामाजिक एव्म आर्थिक व्ययभार कटौतीमा सघाउनेतर्फ सुरक्षित आप्रवास परियोजना केन्द्रित हुनेछ । परियोजनाले सम्भावित कामदार, काममा लागेका श्रमिक, मध्यपूर्व, मलेसिया र अन्य श्रमिक गन्तव्यबाट फर्केका र जानेहरूका परिवारलाई समेट्नेछ ।
चार वर्षसम्म सञ्चालन हुने यो परियोजना कैलाली, नवालपरासी, धादिङ, सिन्धुपाल्चोक, सर्लाही, खोटाङ, उदयपुर, धनुषा, सप्तरी, दाङ, कास्की, नुवाकोट, रामेछाप, सिन्धुली, सिरहा, महोत्तरी, सुनसरी, झापा र काठमाडौँमा सञ्चालन गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।