कुरा मिले पनि मन चाहिँ फाट्यो :: रेजिना उप्रेती

२२ असार २०७०, शनिबार १०:०० मा प्रकाशित

करिब डेढ दशकभन्दा अघिदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रेजिना उप्रेतीले यसबीचमा नाम पनि कमाइन् अनि बद्नाम पनि । तर, उनले यो क्षेत्र त्यागिनन् । घामपानी, दु:खसुख सहँदै अगाडि बढेकी रेजिनालाई अवसर पनि थुपै्र आएका थिए । उनको भनाइअनुसार विदेशमा बसेर डलर कमाउने अनि उतै घरजम पनि गर्न सक्थिन् उनी । तर, उनले त्यसो गरिनन् । जीवनमा जे–जस्तो मोड आए तापनि नेपाली कलाकारिता क्षेत्रमा नै जीवन समर्पण गर्छु भनेर अठोट गरेकी रेजिना केही हप्ता भने तनावमा रहिन् । आफ्नै सहकर्मी निर्मात्री कविता श्रेष्ठसँग मिलेर बनाएको चलचित्र ‘बरदान’को हिसाबकिताबका कारण दुईबीच मनमुटाव, प्रचारबाजी हुँदै अन्तत: यसको पनि छिनोफानो भएको छ ।

० तपाईंहरुबीचको लेनदेन झगडाम अब कुरा मिलेकै हो त ?

– कुरा मात्र मिल्यो, मन भने मिलेको छैन ।

० कुरा केमा मिलेको हो त ?

– कविताजीलाई एक वर्षभित्र मैले दश लाख दिनुपर्ने भयो ।

० तपाईंको गुनासो के हो त ?

– मेरो नामबाट धेरैले साथ दिए, सहयोग गरे । तर, म प्रयोगमा परेँ । रेजिनाले फिल्म बनाएको भनेर मिडियादेखि सुटिङ स्पट र अन्य कलाकारहरूले पनि सहयोग गर्नुभयो तर त्यो सहयोगको मेरो अर्को पार्टनरले गलत फाइदा उठाउनुभयो ।

० भनेपछि कविता श्रेष्ठ र रेजिना उप्रेतीको सम्बन्ध अब चट् ?

– सही कुरा हो यो । म अरूहरूलाई पनि भन्छु कि नबुझ्नेसँग सङ्गत नगर्नु अनि पार्टनरसिपमा कुनै पनि काम नगर्नु । दु:ख पाइन्छ ।

० तपार्इं निर्मात्री पनि त बन्नुभयो नि ?

– उहाँ एकल निर्मात्री भएर फिल्म बनाउन सक्नुहुन्नथ्यो । पैसाले मात्र फिल्म बन्दैन । सम्बन्ध र सोच पनि ठूलो कुरा हो । मलाई प्रयोग गरेर उहाँहरू स्थापित हुनुभएको हो । अब मेरो आँसुले सराप्नेछ । केही भलो हुँदैन उनीहरूको ।

० किन यत्रो आक्रोश ? पहिले त एउटाका लागि अर्कोले ज्यान दिन पनि तयार हुनुहुन्थ्यो नि ?

– गल्ती गरिएछ । जिन्दगीमा ठूलो चोट र दाग लागेको छ यो घटनाले । पैसालाई सर्वोच्च ठान्नेलाई म केही भन्दिनँ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित टिभी निर्माता एकता कपुर ‘नागिन ६’ बाट चर्चामा आएकी छिन् । उनले यही शोका लागि अभिनेत्रीसँग सम्बन्धविच्छेद

काठमाडौं । दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको आज ३६औं जन्मजयन्ती हो । उनको निधन १४ जुन २०२० मा भएको थियो ।

एजेन्सी । दक्षिण भारतका चर्चित अभिनेता चिरञ्जीवीकी छोरी श्रीजा पति कल्याणसँग अलग भएको खबर अहिले चर्चामा छ । श्रीजाले आफ्नो सामाजिक

काठमाडौं । कोरोनाभाइरसको बढ्दो महामारीलाई मध्यनजर गर्दै संगीतको विश्वप्रतिष्ठित अवार्ड शो ‘ग्रामी अवार्ड’ स्थगित गरिएको छ । अब यो शो