प्रवासमा नेपाली शब्द -विजय थापा

२८ चैत्र २०६८, मंगलवार ०४:४२ मा प्रकाशित

भाषा जातिको प्राण हो । समाज निर्माणको आधार हो lभाषा भनेको आवाज वा ईसाराद्वारा एक-अर्कामा भावना र बिचार सम्प्रेषण गर्ने माध्यम हो।भाषालाई शब्दहरुमा रुपान्तरित गरियो भने त्यो साहित्य बन्छ।भाषामा शब्द चयनको अत्यन्त महत्व हुन्छ अझ सरल रुपमा पस्किएको वाक्यहरु लोकप्रिय र चिरस्थाई हुन्छन । शब्दहरुलाई शिलशिलाबद्ध रुपमा तैयार पारिएको केहि मोटो ठेली वा पुस्तकलाई शब्दकोष भनिन्छ । साहित्य लेखनमा यसको अत्यन्तै महत्वपूर्ण भूमिका रहन्छ । बाल चन्द्र शर्माद्वारा प्रकाशित २०१९ मा लेखेको नेपाली शब्दकोश नेपाली साहित्यको कालखण्डमा कोशे ढुंगा साबित भएको थियो र त्यस शब्दकोशले नेपालको औपचारिक र आधिकारिक स्वरूप बटुलेको थियो । तत् पश्च्यात बिभिन्न भाषा शास्त्री तथा बिज्ञद्वारा पनि अविरल रुपमा शब्द कोषको निरन्तर प्रकाशित भै रहेको छ । नेपाली शब्दहरुको आफ्नै विशेषता रहेको छ lनेपाली भाषालाई पूर्णता दिन प्रशस्त आगन्तुक ,तत्सम र तत्भव शब्दहरु प्रयोग गरिएको हुन्छ ।

आगन्तुक शब्द भनेको नै आयातित गरिएको वा सापटी ल्याई भाषालाई पूर्ण रुप दिन गरिएको हुन्छ ।तत्सम शब्दहरु संस्कृतबाट नेपाली भाषामा जस्ताको त्यस्तै प्रयोग गरिएको हुन्छ lविचार विमर्श वा विचार सम्प्रेषण गर्दा पनि यो नेपाली शब्द नै हो भनि हामी त्यसको बारम्बार प्रयोग गरिरहेका हुन्छौlउदाहरण -रात्री सेवा ,यी दुवै शब्दहरु तत्सम अर्थात् संस्कृतबाट ल्याईएको हो । नेपाली भाषाको जननी नै संस्कृत भाषा हो । नेपाली भाषामा कैयौ यस्ता शब्दहरु छन जुन हामीले नेपाली भाषाको जन्मजात देखिनै प्रयोग गरि रहेका छौ । हामी यसको अर्थ किन यस्तो भएको हो भनि अन्वेषण गर्न तर्फ लाग्दैनौlहाम्रा पुर्खाहरुले चलाएको भाषा र शब्दहरुलाई नै सहर्ष स्वीकार गरी निरन्तर कलम वा आफ्ना कुराहरु पस्किरहेका हुन्छौ ।

तत्भव भनेको नेपाली भाषा शास्त्रीहरुले अन्वेषण गरी जन्माएको शब्दहरु हुन् ,उदाहरण हाल फेश बुक ,तत्सममा मुखाकृति पुस्तक ,तत्भवमा अनुहार किताब ! नेपाली भाषा र शब्दको बिकाशको कुरा गर्दा २०१४ साल तिर भाषा शास्त्री तथा साहित्य अनुरागीहरुले भारतको काशीमा भाषा तथा नेपाली साहित्यको उत्थानको लागि एक अभियान चलाएका थिए । सम्भव भए सम्म नेपाली शब्दहरुको मात्र प्रयोग गर्ने र बोल्ने अभियान कै रुपमा निकै लामो समय सम्म निरन्तरता पायो तर समयको कालचक्र संगै त्यसले त्यति भूमिका निर्वाह गर्न सकेन कि जस्तो लाग्नु स्वाभाविक हुन्छ । अंग्रेजी भाषाको व्यापक बिकाश र उन्नतिले अरु भाषाहरु द्रुतरुपले अग्रगामी दिशामा नझ्याँगिनु र त्यस्को असर नेपाली भाषामा पनि प्रतक्ष्य रुपमा परेको जग जाहेर छ ।

प्रवासमा नेपाली शब्द कोषको महत्व कस्तो छ र यस्को भूमिका कस्तो रहनु पर्ला भन्ने बिषयको सेरोफेरोमा रही प्रवासमा नेपाली शब्दहरुको अपरिहार्य र महत्व सम्बन्धि केहि विचार राख्न उचित ठान्दछु । नेपाली भाषा र शब्दकोष धनि रहेको जानकारी गराउदै नेपाली भाषा तथा साहित्यका एक मुर्धन्य श्रजक प्राज्ञ कृष्ण प्रसाद पराजुलीले आफ्नो अमेरिका भ्रमण र वहाको सम्मानमा वाशिगटन डि सी मा मन्तब्य व्यक्त गर्दै जेठो ,महिलो साहिलो ….. आदि इत्यादी भन्दै १० औ छोरालाई पानी मंतरे राखिएकोले यस्तो कुनै पनी रास्ट्रको भाषामा नरहेको उल्लेख गर्नु भएको थियो । शब्दहरुको चयनले पाठक बर्गलाई आकर्षित गर्दछ र सरल रुपमा शब्द चयन गर्ने कला र कौसलता अमर रहिरहने हुन्छ । पाठक वर्गले सरल रुपमा बुझ्ने अभिव्यक्ति लोकप्रिय हुनु स्वाभाविक हो र हामीले यसलाई स्वीकार गर्ने पर्छ । प्रवासमा बसेर साहित्य क्षेत्रमा कलम चलाउनु त्यति सजिलो नहोला किनभने हातमुख जोर्न रगत पसिना बगाउनु पर्ने हुन्छ प्रवासमा ,अनि समयको अभाब र कार्यको व्यस्तता । खैर ,जे भयता पनि खाने मुखलाई जुंगाले छेक्दैन भनेको जस्तै विश्बब्यापिकरणको एउटा बलियो पाङ्ग्रो भनेको सस्तो र सुलभ संचार र यातायात हो। अंतर्जालले भाषा र साहित्यको प्रकाशन र प्रचार-प्रसारलाइ साह्रै सजिलो बनाएको छ। विश्वको एउटा कुनामा बसेर केहि लेख्यो भने त्यसलाइ संसारभरका पाठक बर्गहरुसंग पुर्याउन प्रतीक्षा गरि रहनु पर्दैन। अझ प्रवासमा संचारको चरम बिकाश तथा अंतर्जालको माध्यमद्वारा नेपाली साहित्यको दिनहु दिन बिकाशको बिकुल फैलिरहेको छ । साहित्य प्रेमी तथा पाठक वर्ग पनि यहि क्रममा बृद्दी भै रहेको तथ्यांकले देखाउदछ lयो सकारात्मक पक्ष्य हो । यसैमा मात्र तृप्त रहनु हाम्रो लागि राम्रो हुदैन र निरन्तर भाषा बिकाशको लागि कलम चौतर्फी चल्नु पर्छ ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय भाषा विज्ञान विभागका प्रमुख प्राध्यापक योगेन्द्र यादव -बिध्या वारिधि ) भन्नु हुन्छ ‘७५ प्रतिशत नेपालीले नेपाली राष्ट्र भाषा बुझ्छन् र यो सम्पर्क भाषा हो । यसका लागि आधार छ ।’तर, केही बिज्ञ र भाषिक आन्दोलन कर्मीले भने यस्तो प्रस्ताव स्वीकार्य हुन नसक्ने बताएका छन् । ४८. ३ प्रतिशत मात्र भाषी नेपालीको र करिब २६/२७ प्रतिशत दोस्रो भाषाको रुपमा प्रयोग गरिरहेका छन्lयो जनगणनाले यो तथ्यांक उपलब्ध गराउछlबाँकी २५ प्रतिशत मानिसहरू नेपाली बुझ्दैनन् । यो २५ प्रतिशत मानिसहरूको केन्द्रीय सरकारमा पहुँच हुँदैन किनभने उनीहरू नेपाली भाषा बुझ्दै बुझ्दैननlभाषामा शब्द पस्किने र शब्द खेलाउने पनि एउटा कला हुन्छ र त्यो कला प्राप्तिको लागि शब्दहरुको ज्ञान अर्थात् शब्दकोष संचित गर्ने तर्फ लाग्नु अपरिहार्य हुने हुनाले यसतर्फ बिशेष त प्रवासमा बसोबास गर्नु हुने समस्त भाषा ,साहित्य प्रेमीहरु अझ सचेत हुनु पर्दछ भन्ने सोचाई रहेको छ, त्यसमा पनि नेपाली शब्दहरुको प्रयोग गर्न सकेमा नेपाली साहित्य बलियो ,फराकिलो हुने र नेपाली भाषाको श्रीबृद्दी हुने कुरामा कुनै शंका न रहने हुन्छ lहिजो आज नेपाली शब्दहरु बिस्थापित गरि आगन्तुक शब्दहरु बढी प्रयोग गर्ने प्रवृतिको बिकाश भै रहेको अवस्था छ र अत्यधिक रुपमा आगन्तुक शब्दहरुको प्रयोगले कालान्तरमा नेपाली मूल शब्दहरुको भविष्य खतरामा पर्ने बढी सम्भावना देखिने भएकोले यस तर्फ चिन्तन गर्नु आवस्यक रहेको मैले ठानेको छु ।

आफ्नो भाषाको बिकाश गर्ने पहिलो भूमिका कुनै पनि रास्ट्रको प्रथम दायित्व हुन्छ भन्ने मेरो व्यक्तिगत सोचाई रहेको छ र वास्तविकता पनि यहि हो । भारत स्वतन्त्रता पश्च्यात जबहर लाल नेहरुले भाषा बिज्ञहरुलाई बोलाएर पहिले भाषा बनाउनु भनि ठुलो रकम दिएको प्रमाण ईतिहासले देखाउछ र आज विश्वमा भारतको भाषा र साहित्यमा निकै राम्रो अवस्था छ । भारतले हरेक क्षेत्रको बिषयमा हिन्दि भाषामा शब्दको अनुबाद गरेको सर्बविदित छ lहाम्रो रास्ट्रले पनि नया र नौलो शब्दहरुको निकै बिकाश गरेको छ । प्रचलन र प्रयोगमा आंग्ल अर्थात् अंग्रेजी भाषाको दबदबाले बिस्तारै प्रतिस्थापित हुदै जानुले कालान्तरमा ठुलो संकट आउने र नया पिढीले ति शब्दहरुको प्रयोग गर्न बन्चित हुन् सक्ने प्रबल सम्भावना रहेको देखिएको छ र प्रवासमा यसको अझ सम्भावना बढी हुन्छ ।
हाम्रो राष्ट्रले नै आगन्तुक शब्दहरुलाई अत्यधिक रुपमा प्रयोग गरेको कसैको अगाढी लुकेको छैन ,नेपाल टेलिभिजन ,नेपाल रेडियो, नेपाल राष्ट्र बैंकका गवर्नर ,कम्पनि ऐंन ,न्यु रोड ,डायस्पोरा ,आदि ईत्यादी ,के यी शब्दहरुलाई नेपाली शब्दमा अनुबाद गर्न नसकिने हो त ? वा रास्ट्रले गम्भीरता पुर्वक ग्रहण नगरेको ? त्यै भारतमा दूरदर्शन भनिन्छ ,नेपाल दूरदर्शन भनि नामकरण गरि दिएको भए मात्रै आज सम्म त्यहि नै सुगा रटाई जस्तै सारा नेपालीले र नया पिढीले उच्हारण गर्ने थियो ।

गवर्नरलाई नेपालीमा राज्यपाल भनिन्छ र किन नेपालीमा हामी भन्दैनौ किनभने हामीलाई त्यहि थाहा छ ,सरकारले त कम्पनि ऐन नै बनाई सकेको छ । अ ने सा स बेलायतले डायस्पोरा शब्दलाई नै आगन्तुक शब्दको रुपमा नेपाली शब्द झैँ नेपाली भाषामा प्रयोग गर्ने भनि पारित गरि सकेको छ ।
नेपाली शब्दहरुमा कैयौ यस्ता शब्दहरु छन् जसको अर्थ घोत्लियौ भने अलिक अनौठो लाग्न सक्छ , टिनमा बल्नु पर्ने बस्तुलाई बाल्टिन भन्नु पर्ने जस्तो भान भएता पनि लाल्टिन भनिन्छ ,पानी हाल्नु पर्ने टोकरीलाई हाल टिन हुनु पर्ने तर बाल्टिन भनिन्छ यसरी भाषा शास्त्रीहरुले शब्दहरुको न्वारन गरेको हामीले पाएका छौlग्यारन्टीको नेपाली प्रत्याभूति हो तर सजिलो ग्यारन्टी भयो सबैलाई त्यस्तै गरि अनेकौ शब्दहरु बिलिन बिस्तारै हुदै छन् । बाछिटा, ओदान ,बल्छी ,कुड़े (दुध पकाउने भाडो)छिडी,जुठेल्नो आदि ईत्यादी । जबसम्म शब्द प्रयोग गरिदैन तब सम्म त्यो शब्दले जीवन्तता पाउदैन तसर्थ यी कुरामा भाषा साहित्यमा लाग्नेले जिम्मेबार लिनु पर्ने हुन्छ नत्र कालान्तरमा गएर नेपाली भाषा पूर्ण रुपमा खिचडी हुन्छ र हाम्रो मौलिकपन नै बिलय हुन् केहि समय लाग्ने छैन । अ ने सा स ,डि सी शाखाले सके सम्म नेपाली भाषामा नै प्रयोग गर्ने र बोल्ने जस्ता युगान्तकारी निर्णय गर्यो तर त्यसको निरन्तरता छ वा छैन भन्ने कुराको मुल्यांकन कसले गर्ने ,त्यो आफैले गर्ने र बिशेष त त्यो फाटको जिम्मेबार म स्वयम्ले लिएको छु । आफुले पनि पूर्ण रुपमा बफादार हुन् नसकेको ठान्दछु । अब प्रतिबद्दताको साथ यसलाई संरक्षण र प्रबर्धन गर्न कम्मर कस्नु पर्ने र आगामी दिनहरुमा यसको पूर्ण विश्लेषण गरि त्यसको ओखती मुलो गर्नु पर्ने भएको छ । अनि भाषा र शब्दहरुको बिकाशमा बाधकको रुपमा दिन प्रतिदिन आगन्तुक शब्दहरुसंग युगौ युग सम्म पौठी जोरी खेल्नु पर्ने हुन्छ । नेपाली भाषा र शब्दहरुमा बिसेष निगरानी र मलजल दिन सकिएन भने भविष्यमा प्रचुर मात्रामा नेपाली भाषा बोलेको भन्दा नेपांगग्रेजी हुने बढी सम्भावना निश्चित छ ।
नेपाली शब्दहरुकै केहि उदाहरण म पाठक समक्ष प्रस्तुत गर्न उचित ठान्दछु ,र आगन्तुक शब्दहरुले यसरि नेपाली भाषामा प्रवेश पाएको छ , जग (पानी राख्ने भाडो) खास नेपालीमा जलदानी हुन्छ , आशट्रे अर्थात् खरानीदानी ,शर्ट अर्थात् कमिज ,रेल अर्थात् डिब्बे गाडी ,मदर बोर्ड अर्थात् मात्रीपाटी,फोन अर्थात् दुरभास,फोटो कपि ,प्रतिलिपि ,टाई अर्थात् कठालो गाठो ,बस अर्थात् यात्री यान ,ट्रक अर्थात् माल बाहक गाडी ,गिएर अर्थात् दाते , अन लाईन अर्थात् बिधुतिय संजाल ,कम्प्युटर अर्थात् ,सङ्गणकयन्त्र ,टेबल अर्थात् मेज/पटल ,सेल फोन अर्थात् भ्रमणध्वनि/ घुम्ती दूरवाणी आदि ईत्यादी !यिनीहरुको नेपालीमा शब्दको अनुबाद वा अर्थ भएता पनि जनजिब्रो र आम मानिसले सहर्ष स्वीकार गरिएको शब्दहरुलाई त्यागेर जबर्जस्ति यिनै शब्दहरुको प्रयोगको लागि लाद्नु हुदैन किनभने नभए एक्लो बृहस्पति वा बकुल्लाहरुको बीच एकल कागको उपस्थिति जस्तो हुने बढी सम्भावना हुन्छ तर यसरि नै आगन्तुक शब्दहरुलाई तगारो लगाउन सकिएन भने भाषाको प्रबर्धन र सम्बर्धन गर्ने भन्ने कुरा केवल ओठे अभियानमा मात्रै सिमित हुनेछ अनि आगन्तुक शब्दहरुको हाली मुहाली भै नेपाली शब्दहरु ओझेलमा पर्ने ज्यादा सम्भावना हुन्छlयस अर्थमा शब्द र भाषाको बिकाशको लागि शब्दको खोज र अनुसन्धान गर्नु पर्ने हुन्छ यसको लागि भाषा शास्त्री वा साहित्यकारहरुले ठुलो योगदान गर्न सके नेपाली शब्द र भाषा अमर रहि रहने छ ।

बिदेशमा रोजगारको लागि जाने बा बसाइ सर्ने सपना बुनेर बसेका छन या प्रबिधि भित्र्याउन अंग्रेजि भाषाको ज्ञान बढाउने तरखरमा नै छन।यिनीहरुको आबश्यकतालाइ अहिलेको नेपाली साहित्यले पूरागर्न सक्ने अबस्थामा छैन। अत्यधिक अंग्रेजी मिसाई विचार विनिमय गर्न सके समाजले गौरब गर्ने मानसिकता बिध्यमान रहेको पाईएको छ lबिसेष युवा पिढीले यो जिम्मेबारलाई शिरोधार्य नगरे नेपाली शब्दहरु क्रमश बिलिन हुदै जान सक्ने प्रवल सम्भावना देखिएको छ र नेपाली शब्दहरु कम्जोर हुदै छन । नेपाली भाषा र साहित्यको ज्ञानले विदेशमा रोजगार नपाइने हुनाले रोजगारिमूलक भाषातिर रुचि बढदै जानु स्बाभाबिकनै मान्नु पर्दछ। सानैदेखि अंग्रेजि माध्यमका बिद्यालयहरुमा पठाउने क्रमले नेपाली भाषाको स्थिती दयनीय हुनु स्वाभाविक हुन्छ lकिनभने अंग्रेजी भाषा बिना अहिलेको एकाइशौ शताब्दीमा बाच्न गाह्रो छ र यो बिना प्रतिस्पर्दामा नै उत्रन सकिदैन भन्ने युवा पिढीहरुको तर्क छ र यो सहि पनि हो । आजको एक शताब्दी पश्च्यात बिश्वमा अंग्रेजी भाषाको पुरै दबदबा हुने छ भनि धेरै पहिले लेख पढेको यहा उल्लेख गर्नु पर्दा र उक्त कुरा सत्य नै हो जस्तो लाग्नु स्वाभाविक हुन्छ । आज विश्वमा पुरै यसको माग छ ,सर्बत्र स्वीकार्य छ ,र जुन देशले यसको उपेक्षा गरेता पनि त्यहाका जनताले जबर्जस्ति लादिने भाषाको तिरस्कार गरि जुन भाषाले उनीहरुको भविष्य उज्ज्वल देख्दछन त्यसैमा उनीहरु रमाएका हामीसंग कैयौ उदाहरण छनlयस अर्थमा हामीले पनि हाम्रो भाषाको रक्षा गर्न एक ठुलो मार्ग चित्र बनाउन अहिलेको चुनौती हामी सामु छ ।

नेपालमा जन्मेको र हुर्केकोलाइ नेपालको बढी माँया छ, नेपाली साहित्यको शेरोफेरोमा समय बिताएकालाई यसको स्बाद जानी सकेका हुन्छन र उनिहरूको रुचि बढी पनि छ। यो पिंढिलाइ बिदेशमा बस्दा आफ्नो देशको हरेक पक्षले गाजेको हुन्छ रास्ट्रको बेतिथी र अशान्तिको भूमरिमा फसेको नेपालले यिनिहरुको निन्द्रा नै भगाएको हुनाले उनिहरुद्वारा वोकलेका कथा, कबिताद्वारा अनुमान लगाउन सकिन्छ । तर पछिल्लो युवावर्ग नयाँ बढि प्राबिधिक हुने हुनाले र नेपाली शब्दहरु उनीहरुका लागि नौलो लाग्नु र बिदेशी भाषालाई नै प्राथमिकता दिने भयङ्कर सम्भावना भएको हुनाले नेपाली साहित्यबाट बिमुख भएर आउदै छन र यथार्तता यहि हो । अबका पिढीहरुबाट नेपाली शब्द र साहित्यले मल जल पाउने होईन कि ओरालो तर्फ लाग्ने बढी सम्भावना देखिएको छ ।

निस्कर्षमा ,नेपाली भाषा र शब्दको श्री बृद्दीको लागि रास्ट्रले उन्नतिको ठुलो फड्का हान्नु पर्ने हुन्छ अनि मात्र नेपाली भाषा र साहित्यको उन्नतिको द्वार खुल्छ lबैज्ञानिक र प्राबिधिक साहित्यको नेपालीमा रुपान्तरणको कदम चालेमा नेपाली भाषालाइ अझबढि जीबनोपयोगि बनाउन सकिने हुन्छ र अपरिहार्य पनि छ। यस्तो कुराको परिकल्पना र कार्यन्वयन गरेमा युवा पुस्ताले आबश्यक ज्ञान-सीप नेपाली भाषामानै आर्जन गर्न सक्नेछन्। कालान्तरमा नेपाली भाषा र साहित्यको भण्डार बृद्दी मात्रै नभई ,नेपाली साहित्यलाई चिरञ्जिबिनै बनाइदिन्छ। अन्य भाषा तथा अंग्रेजी भाषाको अतिक्रमणबाट नेपाली शब्द र नेपाली भाषाको बैज्ञानिक र प्राबिधिक शब्दहरुको अभावको कारण नेपाली भाषामा अरु भाषाबाट सापटी लिने हाम्रो परम्परा अनि यिनै कारणबाट संस्कृत भाषाको पतन भएको सर्बबिदितै छ ।

आफ्नो मातृभाषा र अत्यधिक नेपाली शब्दहरुको प्रयोग गर्ने र कलम चलाउन सक्षम महानुभाबहरुले यस बिषयतिर गम्भिर भएर योगदान गर्ने बेला आएको छ। नेपाली साहित्य र शब्दहरुको अत्यधिक प्रयोग गरें ,लेख्ने अभ्यास भएमा र सहि कदम चालिएमा प्रवासमा शुरु भएको नेपाली भाषा साहित्यको र शब्दको दियो अवश्य ज्योतिर्मय बन्दै जानेछ ।
अस्तु

विजय थापा भर्जिनिया ,सयुक्त राज्य अमेरिका

प्रतिक्रिया
सम्बन्धित खवर

भक्त वाग्ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकिकरण हुंदाका दुई पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये व्यवस्थित,अनुशासित र विधिमा

काभ्रेपलाञ्चोक । पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) गर्न काभ्रेपलाञ्चोकको सरोकारवाला निकायसँग सहयोगको अपिल गरेको छ ।

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नामसम्बन्धी विवादबारे रिट निवेदक ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएपछि नेकपा विघटन भएको छ

आरोन थापा मेरो सबैभन्दा सानो साथी जो एल केजीमा पढछन्, उनले आज बिहान मलाई नेपालबाट भोइस मेसेज पठाए, ”म आज