रुपन्देहीका ग्यास ब्यबसायी आन्दोलनमा

२२ असार २०७०, शनिबार ०९:१९ मा प्रकाशित

रुपन्देही, २२ असार । विभिन्न ९ सुत्रीय माग राख्दै रुपन्देहीका ग्यास बिक्रेताहरु शुक्रबारबाट आन्दोलनमा उत्रिएका छन् । विदेशी मुलुकमा नभएको प्रचलन नेपालमा थोपर्दै नेपाल सरकारले एलपी ग्यासमा अनावश्यक मुल्य अभिवृद्धि कर लगाएको, प्रतिफलमा असहजता पैदा गरिदिएको, होलोग्राम स्टिकरको समानता नभएको जस्ता मुद्दा अघि सारेर ग्यास बिक्रेता आन्दोलित भएका हुन् ।
संघका जिल्ला अध्यक्ष वसन्त गौचनको नेतृत्वमा गएको व्यवसायीको समुहले शुक्रबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीलाई ज्ञापन पत्र बुझाउँदै ग्यास व्यवसायीको माग तत्काल स्थानिय तहमा प्रसासनले र प्रसासनमार्फत राज्यले पुरा गर्न आग्रह गरेको संघका जिल्ला उपाध्यक्ष मधुप्रसाद उपाध्ययले बताए ।
आज शनिवार १  बजे संघले संघको सभाहलमा  अन्तरक्रिया गर्ने, आइतबार जिल्लाभरी मोटरसाइकल र्याली तथा ग्यास पसल र गाडीमा कालो झण्डा राख्ने, सोही दिन दिउँसो भैरहवामा कोणसभा गर्ने, २४ गते सोमबार जिल्ला प्रसासनमा धर्ना, २५ गते आयल निगममा धर्ना र २८ गतेसम्म पनि माग पुरा नभए अझ कडा आन्दोलन गर्ने कार्यक्रम तय भएको ग्यास व्यवसायी उपाध्यायले जनाए ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा