सरकारबाहेकका कुरामा सहमति खोजौँ : पौडेल सून्यबाट सुरु गरे फेरि संविधान बन्दैन : गुरुङ

२१ असार २०७०, शुक्रबार २२:१७ मा प्रकाशित

रासस, काठमाडौ, २१ असार । काँग्रेसले सरकार विघटन बाहेकका अन्य मागहरु पूरा गर्न आफूहरु सकारात्मक रहेको भन्दै आन्दोलनरत नेकपा–माओवादीलाई निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ ।

माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा भएको काँग्रेस र माओवादीका शीर्ष नेताहरु बीचको भेटवार्तामा काँग्रेसले आन्दोलनका कार्यक्रमहरु छोडेर निर्वाचनमा आउन आग्रह गरेपनि यथास्थितिमा निर्वाचनमा भाग नलिने अडान माओवादीले बैठकमा दोहोर्याएको थियो । भेटपछि काँगे्रसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले सरकार परिवर्तन गर्दा निर्वाचनपछि धकेलिने र त्यसो भएमा जनतालाई निर्वाचनप्रति अविश्वसनियता बढ्ने भएकाले यो बाहेक अन्य विषयमा छलफल गरी सहमतिमा आउन माओवादीलाई आग्रह गरेको जानकारी दिए । पौडेलले भने, “उहाँहरुले निर्वाचन बहिस्कार गर्ने भन्नुभएको, छैन २५ बुँदे सहमतिप्रति उहाँहरुले असहमति जनाउनुभएको छ, हामीले सरकार विघटन बाहेकका अरु मागमा लचिलो छौं भन्यौं ।” निर्वाचनबाट मात्रै देशलाई समाधान दिन सकिने भएकाले सहमति कायम गरी निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न सहयोग गर्न काँग्रसले माओवादी नेताहरुलाई अनुरोध गरको थियो ।

माओवादी सचिव देव गुरुङले छलफल सकारात्मक भए पनि सहमतिका विषयमा उल्लेखनीय प्रगति हुन नसकेको जानकारी दिए । उनले भने, “देशलाई निर्दलीयताबाट दलीय पद्धतिमा लैजाऔं, संविधानका अन्तरवस्तुमा सहमति गरौं, त्यसपछि मात्रै निर्वाचनमा जाऔं, यथास्थितिमा हामी निर्वाचनमा भाग लिँदैनौं भन्ने कुरा हामीले राख्यौं ।” बैठकमा माओवादीले मङ्सिर ४ गतेका लागि निर्धारित निर्वाचन सारेर भए पनि दलहरुबीच सर्वदलीय सहमति कायम गरेर मात्रै अगाडि जानुपर्ने प्रस्ताव राखेको थियो । सचिव गुरुङले भने, “यसअघिको संविधानसभामा भएका ९० प्रतिशत सहमतिलाई लिपिबद्ध गरी बाँकी रहेका १० प्रतिशत काममा कसरी सहमति जुटाउने भन्ने उपाय खोजौं, शून्यबाट जाने हो भने फेरि संविधान बन्न सक्दैन ।”

बैठकमा काँग्रेसबाट पौडेल, महामन्त्रीद्वय कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा मीनेन्द्र रिजाल सहभागी हुनुहुन्थ्यो भने माओवादीका तर्फबाट अध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा, सचिवद्वय देव गुरुङ र नेत्रविक्रम चन्द सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर