हातमा पेस्तोल लिएर श्रीमतीको खोजी

२१ असार २०७०, शुक्रबार २१:१९ मा प्रकाशित

सुनसरी, २१ असार । आफ्नी श्रीमती खोज्ने बहानामा हातमा पेस्तोल नचाउँदै स्कूले विद्यार्थी तथा शिक्षकलाई तर्साउँदै हिँडेको अवस्थामा सुनसरी पकली कान्छीचोक बस्ने २० बर्षीय अमित राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पसमा बिहिबार विविएस तेस्रो बर्षको पढाई भइरहेको अवस्थामा कक्षाकोठाको ढोकैसम्म को.८ प ७२५ नम्वरको मोटरसाइकल एक्कासी प्रवेश गराई अमितले ‘मेरी श्रीमती बिमला लिम्बु कहाँ छ ? निकाल !’ भन्दै पढाइरहेका शिक्षकतिर पेस्तोल सोझ्याएका थिए । तर, तत्काल राई त्यहाँबाट भागेका थिए । त्रसित शिक्षकले प्रहरीलाई खबर गरेपछि तुरुन्तै प्रहरीले सक्रियता देखाएको थियो । राईलाई उसले प्रयोग गरेको मोटरसाइकलसहित दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा निजको घर नजिक बाँसबारीमा फालेको अवस्थामा उक्त पेस्तोल समेत प्रहरीले बरामद गरेको थियो ।

यसैबीच, जनकपुर नगरपालिका–१ मा रहेको मदर टेरेसा पब्लिक हाई स्कुलका प्रिन्सीपल गोबिन्द चन्द्रलाई गिफ्टको आकार बनाई सकेट बम र धम्कीपुर्ण पत्र पठाउनुका साथै फोन तथा एस.एम.एस.बाट समेत धम्कयाउने गिरोहका ३ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा सवैला–९ बस्ने ३२ बर्षीय जिवछ यादव, चोराकोयलपुर–२ बस्ने १९ बर्षीय विजय कुमार यादव र चक्कर–२ बस्ने २७ बर्षीय ईसराईल मन्सुर रहेका छन् । उनीहरुबाट प्रहरीले कटुवा पेस्तोल १ थान, सकेट बम १ थान, सिम सहितको मोबाईल ४ थान, बा.५१ प.५४२९ नंम्बरको मोटरसाइकल र सिद्धार्थ बैंकको भिसा कार्डहरु लगायतका सामानहरु बरामद गरेको छ  ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा