पूर्वलडाकु यसरी भए पूर्ण नेपाली सेना

२१ असार २०७०, शुक्रबार २०:५६ मा प्रकाशित

काठमाडौं, २१ असार । नेपाली सेनामा समायोजित पूर्वमाओवादी लडाकुहरु समावेश गरी संचालित सैन्य समायोजन आधार तालिमअन्तर्गत विभिन्न ८ वटा तालिम केन्द्रहरुमा तालिमरत सैन्यहरुको शुक्रबार एक विशेष समारोहकाबीच अन्तिम दलेल कवाज सम्पन्न भएको छ ।
विभिन्न समयमा समायोजनको विषयमा भएका निर्णयहरु कार्यान्वयनमा महत्वपूर्ण योगदान पु¥याएको यस अन्तिम क्षणलाई स्मरण गर्दै समायोजित पूर्वमाओवादी लडाकुहरुमध्ये १ हजार ३ सय ५२ जनाले तालिम सम्पन्न गरेका नेपाली सेनाले जनाएको छ । शान्तिप्रक्रियाको एक महत्वपूर्ण कार्यमध्ये सेना समायोजन रहेको र समायोजन रोजेका लडाकुहरुलाई नेपाली सेनाको एक कर्मठ, योग्य, अनुशासित र पेशेवर सिपाहीको रुपमा स्थापित गर्न यस तालिमले महत्वपूर्ण भूमिका निर्वाह गरेको सो अवसरमा बताइयो ।
सैनिक जनसम्पर्क निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ– ‘हामी सवै नेपाली र नेपाली सेना सबै नेपालीको’ भन्ने भावनात्मक सम्वन्ध र यर्थाथलाई मुर्तरुपमा प्रमाणित गर्दै विगत द्धन्द्धको सकारात्मक निष्कर्षका खातिर नेपाली सेनाले शान्ति प्रकृयाको रुपमा यस समायोजन र समायोजित लडाकुहरुलाई तालिम प्रदान गरी राष्ट्रिय सेनाको एक कर्मठ, अनुशासित, निष्पक्ष गैर राजनैतिक र पेशेवर सैनिक सदस्यको रुपमा स्थापित भएको विश्वास नेपाली सेनाले लिएको छ ।
नेपालको अन्तरिम संविधान २०६३ को धारा १४६ अनुसार गठित विशेष समितिले सिफारिस गरे बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६९ फाल्गुन ३० को निर्णय नं.१ बमोजिम नेपाली सेनामा पूर्व माओवादी लडाकुहरु मध्ये ७१ जना अधिकृतहरु नेपाली सैनिक प्रतिष्ठानमा र बाँकी १,३७३ पदिक तथा अन्य दर्जामा समायोजित हुने सैन्यहरु नेपाली सेनाको विभिन्न ८ तालिम केन्द्रहरुमा तालिमरत थिए । जसमध्ये २१ पूर्व माओवादी लडाकुहरु विविध कारणले तालिमबाट बाहिरिएका थिए ।
नेपाली सेनामा तालिमरत सैन्यहरुमध्ये सैन्य तालिम केन्द्र त्रिशुलीमा ४ सय ७९ जना, एकीकृत सैनिक तालिम केन्द्र सालझण्डीमा १ सय ९१ जना, पूर्वी पृतना तालिम शिक्षालय ईटहरीमा ८० जना, पश्चिम पृतना तालिम शिक्षालय खैरेनीटारमा ८५ जना, मध्यपश्चिम पृतना तालिम शिक्षालय नेपालगञ्ज ८६ जना, नं.२ सैन्य तालिम गुल्म हिलेमा १७३ जना, नं.४ सैन्य तालिम गुल्म सुर्खेतमा ८७ जना र नं.५ सैन्य तालिम गुल्ममा १७१ जना गरी जम्मा १३५२ सैन्यहरु तालिमरत थिए भने सैनिक प्रतिष्ठान खरिपाटीमा अधिकृत तहमा तालिमरत ७० जनाको तालिम आगामी भाद्र महिनामा सम्पन्न हुने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
सैन्य तालिम केन्द्र त्रिशुलीमा भएको अन्तिम दलेल कवाजको निरीक्षण सैनिक विनय महा–निर्देशक उपरथी भिक्टर ज.ब.रा.ले गर्नुभयो भने पश्चिम पृतना तालिम शिक्षालय र एकीकृत सैनिक तालिम केन्द्रमा पश्चिम पृतना हे.क्वा.का पृतनापति, पूर्वी पृतना तालिम शिक्षालयमा पूर्वी पृतना हे.क्वा.का पृतनापति, नं.२ सैन्य तालिम गुल्ममा नं.२ बाहिनी अड्डाका बाहिनीपति, मध्य पश्चिम पृतना तालिम शिक्षालय र नं.४ सैन्य तालिम गुल्ममा मध्य पश्चिम पृतना हे.क्वा.का पृतनापति र नं.५ सैन्य तालिम गुल्ममा नं.५ बाहिनी अड्डाका बाहिनीपतिबाट अन्तिम दलेल कवाजको निरीक्षण कार्य सम्पन्न भएको बताइएको छ ।
बताइएअनुसार पूर्वमाओवादी लडाकुहरुमध्ये तालिम शुरु हुनुपूर्व स्वेच्छिक अवकासमा गएका १६ जना, तालिमको दौरान विविध कारणबाट स्वेच्छिक अवकास गएका १३ जना सैन्य र अधिकृत तहमा तालिमरत १ जना, मेडिकल अनफिट भएका ३ जना र तालिम छाडी भगैर परेका ५ जना गरी ३८ जना तालिमबाट बाहिरिएका थिए ।
समायोजन तालिम पूरा गरेकामध्ये सिपाही दर्जा निर्धारण भएकाहरु सम्बन्धित युनिटमा हाजिर हुन जानेछन् भने हाजिर भए पश्चात ३ महिनाको दर्जा विशेष तालिम संचालन गरिने छ । जसमध्ये प्युठ र अमल्दारको हकमा नेपाली सेनाले तर्जुमा गरेको परिमार्जित बिल्लादार क्याडर ग्रेड(३ को ६ हप्ताको ब्रिजिङ तालिम समापन पश्चात सम्बन्धित दर्जाको दज्यार्नी चिन्ह प्रदान गरि तत्पश्चात निर्देशनालयको भूमिका, जिम्मेवारी र पेशागत ज्ञान सम्वन्धी थप ६ हप्ताको तालिम दिई कार्यक्षेत्रमा पठाईने सेनाको कथन छ ।
समायोजित सैन्यहरुमध्ये हुद्धा देखि पदिकसम्मको हकमा नेपाली सेनाले तर्जुमा गरेको परिमार्जित बिल्लादार क्याडर ग्रेड(३ र गे्रड(२ ६÷६ (छ÷छ) हप्ता गरी १२ हप्ताको तालिम पुरा गरेपछि सम्बन्धितलाई दज्र्यानी चिन्ह प्रदान गरिने र तत्पश्चात निजहरुलाई सम्बन्धित निर्देशनालयको भूमिका र जिम्मेवारी सम्बन्धी २ (दुई) हप्ताको तालिम दिई कार्यक्षेत्रमा परिचालन गरिने छ । साथै ‘माओवादी सेनाका लडाकुहरुको समायोजन सम्बन्धी कार्यविधि २०६९’ अनुसार दर्जा मिलान भए पश्चात सकलदर्जाको नियुक्ति तथा पदोन्नति प्रचलित ‘सैनिक ऐन २०६३’, ‘सैनिक नियमावली २०६९’ र ‘सामान्य सिद्धान्त २०६४’ बमोजिम हुने नेपाली सेनाले प्रस्ट्याएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।

न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट