नेपाली सेनाद्वारा खेलाडीको पोसाक प्रायोजन

२१ असार २०७०, शुक्रबार २०:४३ मा प्रकाशित

काठमाडौं, २१ असार । नेपाली सेनाले नेपाल भलिबल संघको आयोजनामा यही आषाढ २८ गतेदेखि ३१ गते सम्म काठमाडौमा आयोजना हुने ‘प्रथम दक्षिण एसियाली आमन्त्रण पुरुष भलिबल च्याम्पियनसिप २०१३’मा सहभागी हुने नेपाली राष्ट्रिय पुरुष भलिबल खेलाडीहरुको लागि खेल पोशाकको प्रायोजन गरेको छ ।
नेपाल भलिबल संघले शुक्रबार नक्सालस्थित होटल क्राउन प्लाजामा आयोजना गरेको विशेष कार्यक्रममा नेपाली राष्ट्रिय पुरुष खेलाडीहरुको खेल पोशाक (ट्रयाकसुट, टिसर्ट, हाफ प्यान्ट, मोजा र जुत्ता) को लागि एक लाख बीस हजारको चेक नेपाली सेनाको तर्फबाट प्रमुख सेनानी प्रकाशजंग कार्कीले नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङलाई हस्तान्तरण गर्नुभयो । उक्त अवसरमा नेपाल भलिबल संघका अध्यक्ष तामाङले नेपाली सेनालाई धन्यवाद ज्ञापन व्यक्त गर्नु भएको थियो । नेपाली राष्ट्रिय भलिबल टिमले हाल नेपाली सेनाको लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा प्रशिक्षण गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

काठमाडौं । कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा अर्जेन्टिनाले घरेलु टोली चिलीलाई २-१ अन्तरले पराजित गरेको छ । शुक्रबार

काठमाडौं । नेपाल र मौरिससबीच हुने दुई मैत्रीपूर्ण खेलको टिकट ‘सजिलो पे’ले बेच्ने भएको छ । शनिबार र मंगलबार दशरथ रंगशालामा साँझ

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर