जातीय रुपमा सङ्घीयतामा जानु घातक : एमाले महासचिव

२१ असार २०७०, शुक्रबार २०:३२ मा प्रकाशित

रासस, नुवाकोट, २१ असार । एमाले महासचिव ईश्वर पोखरेलले निर्वाचनमा जानका लागि केही सर्त राखेका दललाई बेवास्ता गर्न नहुने बताएका छन् । 
सदरमुकाम विदुरमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक सरोकारका विषयमा अडिग र सशस्त्र युद्धमा पनि नगएका राजनीतिक दललाई पाखा लगाएर निर्वाचन गर्न खोज्नु मूर्खता हुने बताए ।
“संसद्को निर्वाचनमा कुनै दलविशेषलाई पाखा लगाइए पनि संविधानसभाको निर्वाचनमा कुनै राजनीतिक दललाई पाखा लगाउन मिल्दैन’, महासचिव पोखरेलले भने ‘तिमीहरु नआए नआओ, निर्वाचन हुन्छ भएरै छाड्छ भनेर फुर्ती लगाउनु भनेको संविधानसभा नचाहेको जस्तै हो ।’
निर्वाचनमा भाग नलिने दलको मागलाई संबोधन गर्न पुनः अर्को सहमति वा सहमति हेरफेर गर्न सकिने बताउँदै नेता पोखरेलले अबको निर्वाचनमा राजनीतिक दलहरुले निर्वाचन प्रणाली, राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली र जनताका मौलिक अधिकार र सामाजिक सद्भावको कार्यसूचीमा दलहरुको स्पष्ट धारणा हुनुपर्ने धारणा राखे । ।
नेता पोखरेलले मुलुकका कुनै क्षेत्रमा कुनै एक जातिको बहुमत नभएकाले एकल जातीय रुपमा सङ्घीयतामा जानु घातक हुने बताउँदै जातीय सद्भावमा टिकेको राष्ट्रिय एकतालाई मजबुत बनाउन बहुपहिचानसहितको सङ्घीयतामा जानुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४