बुटवल धागो कारखाना संचालनका लागि दबाब

२१ असार २०७०, शुक्रबार २०:२४ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २१ असार । रुपन्देहीको बुटवल औद्योगिक क्षेत्रस्थित बुटवल धागो कारखाना पुनः संचालनका लागि जिल्लावासीले एकतावद्ध भई सरकारलाई दबाब दिने भएका छन् । उक्त कारखाना संचालनका लागि पहल गर्न गठित संयुक्त युवा, विद्यार्थी संघर्ष समिति रुपन्देहीले शुक्रबार आयोजना गरेको वृहत अन्तरसंवाद कार्यक्रममा उक्त निष्कर्ष निकालिएको हो ।
सो अवसरमा बुटवल धागो कारखाना संरक्षण र प्रवद्र्धनका उपाय विषयक कार्यपत्र प्रस्तुत गर्दै पत्रकार महेन्द्र थापाले यो कारखाना सार्वजनिक निजी साझेदारीमा वा ठेक्का अर्थात लिजमा वा निजी क्षेत्रलाई मेशिन विक्री गरेर संचालन गर्न सकिने अवधारणा प्रस्तुत गरेका छन् । थापाले यो कारखानालाई खियाले सडाउनु राष्ट्रिय लज्जा भएको पनि बताए । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य नवराज श्रेष्ठले पनि कार्यपत्र प्रस्तुत गर्दै सार्वजनिक निजी साझेदारी वा निजीकरण गरेर संचालन गर्न सकिने बताए ।
नेपाली काँगे्रसका जिल्ला नेता तथा पूर्वसांसद सूर्यप्रसाद प्रधानले यो कारखाना संचालन गर्नुको विकल्प नभएको बताए । त्यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठले यो कारखाना संचालनका लागि दवावमुलक कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिए । एकिकृत माओवादीका जिल्ला प्रमुख दयाराम शर्मा, नेकपा–माओवादीका जिल्ला प्रमुख बन्धु चन्द,बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ, रुपन्देही व्यापार संघका अध्यक्ष टंक पोखरेल, राष्ट्रिय उद्योग व्यापार संगठनका मनिष जोशी,नेपाल उद्योग परिसंघका केन्द्रिय सदस्य एजाज आलम लगायतका सरोकारवालाहरुले एकतावद्ध भएर यो कारखाना संचालनका लागि दवाव दिनु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा बेरोजगार युवासंघका अध्यक्ष चन्द्र बहादुर थापाले धागो कारखाना खुलाउन सबै राजनितिक दलहरुले नेतृत्व लिई संञ्चालन गर्ने आग्रह गरे । राजनितिक दलले यस्ता उद्योग संञ्चालन गर्नेको लागी बिरोध गर्न नहुने उनको भनाई थियो । उद्योग संञ्चालन भए ७ सय जनाले प्रत्येक्ष रोजगार पाउने पनि उनले बताए ।
कारखाना पुनः संचालनका लागि सार्वजनिक संस्थान निर्देशन वोर्डले स्थानिय उद्योगी व्यापारीलाई ठेक्का प्रणालीमा संचालन गर्न दिनु उपयुक्त हुने सिफारिश उद्योग मन्त्रालयलाई दिन तयारी भइरहेको छ । लामो अवधीको ठेक्कामा पाएमा कारखाना संचालन गर्न स्थानिय वरिष्ठ उद्योगी अशोक कसौधन र सतिष कसौधन तयार भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ

काठमाडाैँ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको