संबिधान सभा निर्वाचननै नेपालमा जारी राजीनितिक अन्योलको निकाश: पिटर बोडे

२१ असार २०७०, शुक्रबार १८:२२ मा प्रकाशित

न्युयोर्क, अमेरिका, २१ असार । नेपालका लागि अमेरिकी राजदुत पिटर बोडेले निर्वाचन पछिको बैधानिक सरकारनै नेपालको जारि राजीनितिक अन्योलको निकाश हुने बताउनु भएको छ । उत्तर अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संगठन अमेरिकन इन नेपालीज एएनएको न्युयोर्कमा बिहिवार देखि सुरु भएको ३१ औं सम्मेलनको सुभारम्भ गर्दै राजदुत बोडेले यस्तो विचार व्यक्त गर्नु भएको हो । राजदुत बोडेले घोषित संबिधान सभाको निर्वाचन हुन नसके नेपाल ठुलो राजनीतिक संकटमा फस्ने आशंका व्यक्त गर्दै निर्वाचित संबिधान सभाबाट राजनीतिक समस्याको निकास खोज्न नेपालका राजनीतिक दलहरुलाई आग्रह समेत गर्नु भयो । नेपाली मुलका अमेरिकनहरुले नेपालको बिकाश प्रयासमा पुर्याएको योगदानको प्रसंशा गर्दै समुदायलाई अमेरिकी मुलधारमा स्थापित गर्ने काममा एएनए जस्ता संस्थाहरु क्रियाशील हुनु पर्ने सुझाव पनि दिनु भयो । सम्मेलन प्रति देख्यको राजदुत बोडेले कोइरालाले नेपाल लामो राजनीतिक संकटमा फस्दै गएको र निर्वाचनले मात्रै सबै समस्याको समाधान गर्ने दावी गर्नु भएको छ । न्युयोर्कमा बिहिवार देखि सुरु भएको ३१ औं सम्मेलन पहिलो दिनको उद्घाटन सत्रमा काँग्रेस सभापति सुशील कोइराला, साहित्यकार तुली दिवश लगायतका बक्ताहरुले सम्मेलन सफलताको सुभकामना व्यक्त गरेका थिए भने अमेरिकामा बस्ने सगरमाथा आरोहीहरुले बिशेष झाकी सहितको प्रदर्शन गरेका थिए । लगत्तै आयोजित सगरमाथा आरोहीहरुको सम्मानमा आयोजित हिरोज अफ हिमालयन कार्यक्रमा विश्व कीर्तिमानी आरोही आप्पा शेर्पा, महिल आरोही शैली बस्नेत, जुनिता सुब्बा, आङ्ग छिरंग शेर्पा लगायतलाई सम्मान गरिएको थियो । संयोजक समिर महर्जनको स्वागत भाषण बाट सुरु भएको उद्घाटन सत्र अध्यक्ष छेवंग शेर्पाको सभातित्वमा सम्पन्न भएको थियो । उद्घाटन सत्र लगतै आयोजित एक कार्यशालामा अमेरिकामा अनलाइन पत्रकरिता गर्ने विश्व राज थापा लगायतका पत्रकारहरुलाई सम्मानित गरिएको थियो । सोहि साँझ चर्चित नेपाली हास्य कलाकार मह जोडीको विशेष प्रस्तुति र डिजे नाइटले उत्तर अमेरिकामा बस्ने नेपालिहरुलाई बह्रपुर मनोरंजन प्रदान गरेको थियो । एएनएको न्युयोर्क सम्मेलनमा ब्यापार मेला, अध्यागम कानुन, नेपालमा लगानी जस्ता विषयमा छलफल भएका थिए । सम्मेलन आगामी शनिबार सम्म चल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर