अमेरिकामा पहिलो अंग्रेजी साप्ताहिक एभरेष्ट हेराल्ड सुभारम्भ

२१ असार २०७०, शुक्रबार १८:१८ मा प्रकाशित

न्युयोर्क, अमेरिका, २१ असार । काँग्रेस सभापति सुशील कोइरालाले घोषित मितिमा निर्वाचन हुन नसके नेपाल ठुलो राजनीतिक संकटमा फस्ने चेतवानी दिनु भएको छ । उत्तर अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संगठन अमेरिकन इन नेपालीज एएनएको न्युयोर्कमा बिहिवार देखि सुरु भएको ३१ औं सम्मेलनका अवसरमा प्रकाशन सुभारम्भ भएको पहिलो अंग्रेजी साप्ताहिक एभरेष्ट हेराल्डको लोकार्पण गर्दै सभापति सुशील कोइरालाले यस्तो विचार व्यक्त गर्नु भएको हो । कोइरालाले नेपाल लामो राजनीतिक संकटमा फस्दै गएको र निर्वाचनले मात्रै सबै समस्याको समाधान गर्ने दावी गर्नु भएको छ । काँग्रेस सभापति कोइरालाले माओबादी बिभाजन नाटक भएको आशंका ब्यक्त गर्दै दुवै माओबादी निर्वाचन बिथोल्ने र अन्यौलपूर्ण अवस्था सिर्जित गरेर लोकतन्त्र बदनाम गर्ने खेलमा क्रियाशील रहेको आरोप समेत लगाउनु भयो । कोइरालाले आफ्नो दल गैर आवाशीय नेपालीलाई दोहोरो नागरिकता दिने पक्षमा रहेको बताउदै गैर आवाशीय नेपालिहरुलाई नेपालको लोकतन्त्रको पक्षमा समर्थन र सुभेक्षा जाहेर गरन आग्रह समेत गर्नु भयो । पत्रकार पुरुषोत्तम ढकालको सम्पादनमा प्रकाशन सुभारम्भ
भएको उत्तर अमेरिकाको पहिलो अंग्रेजी साप्ताहिक एभरेष्ट हेराल्ड अमेरिकाको सबै राज्यमा क्रमश विस्तार गरिदै लगिने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत