पूर्वमाओवादी लडाकालाई अब सैन्य जिम्मेवारी

२१ असार २०७०, शुक्रबार ०८:४० मा प्रकाशित

काठमाडौं, २१ असार । नेपाली सेनामा समायोजन रोजेका माओवादीका पूर्वलडाकूहरूलाई आज शुक्रबारदेखि देखि औपचारिक रूपमा सैन्य जिम्मेवारी प्रदान गरिन लागिएको छ । सातमहिने ‘सैन्य आधारभूत तालिम पूरा गरेका अधिकृतबाहेक सिपाही तथा अन्य पदिक तहकालाई एक विशेष समारोह आयोजना गरेर सैन्य जिम्मेवारी दिन लागिएको सैनिक जनसम्पर्क कार्यालयले जनाएको छ । सिपाही तथा अन्य पदिक दर्जामा रहेका १ हजार ३ सय ५२ जनालाई जिम्मेवारी दिइन लागिएको हो । समायोजन रोजेका लडाकाहरुले गत १० मंसिरदेखि मुलुकका विभिन्न वाहिनी कार्यालयमा तालिम लिँदै आएका थिए । अधिकृत तहमा छनोट भएकाहरूको भने अझै दुईमहिने तालिम अवधि बाँकी नै रहेकाले अहिले नै जिम्मेवारी नदिइने सैनिक प्रवक्ता सुरेशराज शर्माले बताए । 
शुक्रबार आयोजना गरिने विशेष समारोहमा सैनिक तालिम पाएका पूर्वलडाकाहरुले सेनामा प्रवेश गर्दा दिनुपर्ने अन्तिम दलेल कवाजका साथ अन्य कवाज प्रदर्शन गर्नुपर्ने बताइएको छ ।
जिम्मेवारी बहन गर्न लागेका पूर्वलडाकुहरूलाई अब सेनाले नवनिर्मित राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालय अन्तर्गतका युनिटमा खटाउनेछ, जसको नेतृत्व उपरथीले गर्नेछन् । यसअघि उपरथी रामकृष्ण अधिकारीले नेतृत्व गरेको सो महानिर्देशनालयको केही समयदेखि ताजमानसिंह बस्नेतले जिम्मेवारी सम्हालिरहेका छन् ।
अधिकृत तहमा छनोट भएकाहरूले भने भक्तपुरको खरिपाटीमा तालिम लिइरहेका छन् । उनीहरूले ९ महिनाको अफिसर्स क्याडेट कोर्स पूरा गर्नुपर्नेछ भने त्यसपछि थप तीन महिना बिज्रिङ कोर्स गरेपछि मात्रै जिम्मेवारी पाउने छन् । समायोजन रोजेका अधिकृतमध्ये १६ जना सेनानी, ३० सहसेनानी र २५ जनालाई उपसेनानी पदमा नियुक्ति दिइसकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस