रुपन्देहीमा झण्डै चार लाख मतदाता थपिए

२१ असार २०७०, शुक्रबार ०८:१४ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही २१ असार । रुपन्देहीमा यो वर्ष ३ लाख ८० हजारले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । मतदाता नामावलीका आधारमा मात्र अबको निर्वाचनमा भोट दिन पाइने भएकाले असार मसान्त अगावै जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गराउन आयोगले आग्रह गरेको छ ।
अहिले दर्ता भएको मतदाता नामावलीको आधारमा मात्र संविधानसभा निर्वाचनमा उम्मेद्वारी दिन र भोट हाल्न पाइने भएकाले छुटेकालाई नाम दर्ता गराउन आयोगले ध्यानाकर्षण गराएको हो । नाम भर्न छुटेको भए दर्ता गर्न आग्रह गर्दै आयोगले नाम दर्ता गरेकाले अनलाइनबाट त्रुटि सच्याउने ब्वस्था समेत रहेको जानकारी दिएको छ । रुपन्देहीका प्रत्येक गाविसमा एकीकृत घुम्ती शिविर सेवा सहितको नागरिकता वितरण र नामावली संकलनको कार्य सम्पन्न भएको आयोगले बताएको छ ।
एकीकृत घुम्ती शिविरबाट नागरिकता लिनेको सङख्या नौ हजार ६ सय ६८ रहेको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अधिकृत नारायण भण्डारीले बताए ।
रुपन्देहीमा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय बुटवल र इलाका प्रशासन कार्यालय मजगावामा असार मसान्तसम्म नामावली दर्ता गर्ने काम भैरहेको जिल्ला निर्वाचन कार्यालय, रुपन्देही शाखा अधिकृत रोमाकान्त पाण्डेले बताए ।

ट्याक्टरको ठक्कर बाट ७ बर्षिय बालकको मृत्यु
बुटबल योगीकुटी नजिकै सडकमा ट्याक्टरले ठक्कर दिदा बिहिबार ७ बर्षिय बालकको ज्यान गएको छ । ढुङा बोकेर आउदै गरेको लु १ त ४५२२ नं ओम निर्माण सेवाको ट्याक्टरले ठक्कर दिँदा रञ्जित केसीको घटनास्थलमै ज्यान गएको हो । मुसिकोट स्थायी घर भएका बालक बुटबल पब्लिक स्कुल कक्षा १ मा अध्यनरत रहेका थिए । उनकी आमा गुल्मीमा शिक्षक रहेकी र बाबु भने बैदेशीक रोजगारमा साउदी गएको बुझिएको छ ।

रुपन्देही मुर्गियामा आकास्मिक रक्तदान
पछिल्ला दिनहरुमा रगतको अभावदेखिएपछि नेपाल रेडक्रश सोसाईटी पर्रोह शाखाले बिहिबार मुर्गियमा आकस्मिक रक्तदान गरेको छ । पर्रोह शाखा सभापती कृष्ण पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय २९ जना रक्तदाताले रगत दान गरेका हुन् । बर्षा लागेसँगै रक्तदानका कार्यक्रमहरु कम भएपछि रगतको संकलनमा कमि आएकोले अभाव देखिएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा