सशस्त्र प्रहरी बलको महानिरीक्षकमा कोषराज वन्त नियुक्त

२७ चैत्र २०६८, सोमबार २२:०४ मा प्रकाशित

काठमाडौं, २७ चैत । सरकारले कायम मुकायम नियुक्त गरिएका कोषराज वन्तलाई सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्‌को सोमबार साँझ बसेको बैठकले निमित्त सशस्त्र प्रहरी महानिरीक्षक वन्तलाई महानिरीक्षक नियुक्त गरेको गृह मन्त्रालयले पुष्टि गरेको हो  ।

उमेरको हदका कारण बिदामा बसिसकेका बलका महानिरीक्षक शैलेन्द्र श्रेष्ठले बुधबारबाट अनिवार्य अवकाश पाउँदै छन् । वन्तले बुधबारबाटबाट कार्यभार सम्हाल्ने छन् ।

सशस्त्र प्रहरी बलको महानिरीक्षकको प्रतिस्पर्धामा ठाकुरकुमार श्रेष्ठ र दुर्जकुमार राई पनि प्रतिस्पर्धामा थिए ।

कोषराज वन्तको व्यक्तिगत विवरण:

नामः– कोषराज वन्त

दर्जाः– सशस्त्र प्रहरी महानिरीक्षक

शैक्षिक योग्यताः– M.SC. Asian Institute of Technology Bangkok, Thailand (1996 प्रथम श्रेणी)

बाबुको नामः– जोगेन्द्रराज वन्त

आमाको नामः– हेमकुमारी वन्त

घर ठेगानाः– गोरखा जिल्ला र काठमाडौंमा बसोबास

तालिम

सशस्त्र प्रहरी निरीक्षक आधारभुत तालिम लगाएत स्वदेश तथा विदेशमा गरी विभिन्न खालका २९ वटा व्यावसायीक तालिम हासिल गर्नुभएको ।
पदक तथा पुरस्कार

– विभिन्न ६ वटा पदकद्वारा सुसोभित

– कार्यक्षेत्रमा उकृष्ट कार्य गरे वापत दूई पटक ग्रेड थप पुरस्कार प्राप्त

– प्रसंशा प्रत्र प्राप्त

विवरणः–

– मिति २०५८/११/९ मा तत्कालिन श्री ५ को सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बलको प्रशासन सेवा तर्फ स्थानान्तरण हुनु भएको ।

– मिति २०६६/०४/१४ गतेको नेपाल सरकार माननीय मन्त्री स्तरको बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा हुनु भएको थियो ।

– नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलमा कार्यरत रहदा विभिन्न मितिमा मानपदवी, पदक, अलंकार, प्रमाण पत्र प्राप्त गर्नुका साथै ग्रेड थप तथा प्रसंशापत्र समेत प्राप्त गर्नु भएको ।

– द्वन्द्वकालिन अवस्थामा सशस्त्र प्रहरी बलको नेपालभरि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सम्पूर्ण इकाईहरुको स्थलगत अवलोकन गरि सुरक्षा व्यवस्थालाई मजवुद बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको ।

– मिति २०६४/१२/२८ गते भएको संविधानसभा सदस्य निर्वाचनमा कार्य विभाग, सशस्त्र प्रहरी वल प्रधान कार्यालय अन्र्तगत सशस्त्र प्रहरी केन्द्रिय निर्वाचन सेलको प्रमुख भई जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु भएको ।

– नेपाल–भारत द्विपक्षीय वार्ताहरुमा नेपाल सरकारको तर्फबाट विभिन्न मितिहरुमा India -Nepal Joint working groups on Border Management/Nepal-India Home Secretary level Talks सचिव स्तरीय वार्ताहरु– दिल्ली, काठमाण्डौमा सहभागी भएको ।

– नेपाल सरकारको तर्फबाट बहुपक्षीय SARRC Expert Group df Formulation of Comprehensive Framework Disaster Management, ढाका बंगलादेशमा सहभागी भएको ।

– अर्थ मन्त्रालयबाट समेत सशस्भत्र प्रहरी बल सीमा सुरक्षा विभागमा कार्यरत रहदा सम्पादन गर्नु भएको कार्यहरुको उच्च कदर गर्दै प्रशंसा पत्र प्राप्त भएको ।

– मिति २०६८/०८/०६ गते सशस्त्र प्रहरी वल प्रधान कार्यालय कार्य विभाग प्रमुख भएको बेला सम्पूर्ण राष्ट्रसेवकहरुको व्यवसायिक ज्ञानमा अभिवृद्धि गर्ने उद्देश्यले दुइ वटा हातेपुस्तिकाहरु क्रमशः “सशस्त्र प्रहरी बल परिचालन हातेपुस्तिका २०६८” र “विपद्, असर र यसको व्यवस्थापन हातेपुस्तिका २०६८” प्रकाशित गर्नु भएको ।

– सशस्त्र प्रहरी वल प्रधान कार्यालय कार्य विभाग, सिमा सुरक्षा विभाग र प्रशासन विभाग लगाएतको प्रमुखको रुपमा समेत जिम्मेवारी बहन गर्नु भएको ।

भ्रमण

रसिया, अमेरिका, जापान, भारत, पाकिस्तान, लाईवेरिया, थाईल्याण्ड, इङ्गल्याण्ड, बंगलादेश, सिंगापुर, फ्रान्स आदि ।

स्रोत : सशस्त्र प्रहरी वल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे