गैरकुटनीतिक क्षेत्रका व्यक्तिलाई राजदूत बन्ने बाटो छेकिँदै

२१ असार २०७०, शुक्रबार ०७:२० मा प्रकाशित

काठमाडौं, २१ असार । सरकारले कूटनीतिक र गैरकूटनीतिक पृष्ठभूमिका व्यक्तिलाई पचास पचास प्रतिशतको अनुपातमा राजदूत नियुक्त गर्ने भन्ने नीति अंगीकार गर्दै आएको परिवेशमा गैरकूटनीतिक पृष्ठभूमिका व्यक्तिहरुलाई अब राजदूत बनेर देशको सेवा गर्ने अवसर दुरुह सावित हुने अवस्था निम्तिँदै छ । सरकारले गैरकूटनीतिक पृष्ठभूमिका प्रत्याशी कम्तीमा स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने, कूटनीतिसम्बन्धी भरपर्दो ज्ञान भएको र चार वर्ष अवधि पूरा गर्दा ६५ वर्ष नाघ्न नहुने जस्ता प्रावधान राखेर राजदूत नियुक्तिको मापदण्ड बनाउने भएपछि यस्तो अनुभूति गरिएको हो । परराष्ट्र मन्त्रालयले तयार गरेको मापदण्डको प्रारम्भिक मस्यौदामा यी र यस्तै यस्तै प्रावधान उल्लेख गरिएका छन्, जसलाई स्वीकृत गरिएकामा परराष्ट्र मन्त्रालयभन्दा बाहिरकाले राजदूतको जिम्मेवारी निर्वाह गर्ने अवसर नै नपाउन सक्छन् । 
त्यसो त, मस्यौदा निर्माणमा संलग्न अधिकारीहरूका अनुसार करिअर डिप्लोम्याटका हकमा पनि निर्दिष्ट मापदण्ड ल्याइएको छ । परराष्ट्र मन्त्रालयमा हाजिरका हिसाबले वरिष्ठ सहसचिवले राजदूत नियुक्तिमा प्राथमिकता पाउने प्रावधान समेटिएको छ । विदेशी नियोगमा कार्यरत रहँदारहँदै राजदूत नियुक्त नगर्ने, मन्त्रालयमै बसिरहेकालाई प्राथमिकता दिने मस्यौदामा उल्लेख छ । अमेरिका, भारत, जर्मनी, इजिप्ट, मलेसिया र थाइल्यान्डमा राजदूत बन्न गैरकूटनीतिक र कूटनीतिक दुवै वृत्तका बीच कसरत सुरु भएको परिवेशमा राजदूत नियुक्तिको प्रावधान ल्याइन लागिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर