अन्ततः जचुकाली बन्द !

२१ असार २०७०, शुक्रबार ०७:०९ मा प्रकाशित

काठमाडौं, २१ असार । ८ सय ३३ कर्मचारी भएर पनि दुई वर्षदेखि चुरोट उत्पादन नगरी बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना बन्द गर्ने निर्णयमा सरकार पुगेको छ । यही असार मसान्तदेखि जचुकालीका कर्मचारीले अवकाश पाउने भएका छन् । बन्द कारखानामा अर्को कुन उद्योग स्थापना गर्न सकिन्छ भन्ने बारे अध्ययन गर्न मन्त्रिपरिषद्को बिहिबारको बैठकले उद्योग मन्त्रालयलाई जिम्मेवारी दिएको छ । 
कारखानामा कर्मचारी अवकाशका लागि हालको कर्मचारी नियमावलीअनुसार १ अर्ब २६ करोड ७८ लाख ७४ हजार ४ सय आवश्यक पर्ने सरकारका प्रवक्ता माधव पौडेलले जनाएका छन् । कर्मचारीले अवकाश हुँदा साढे तीन महिनाको सुविधा, ३० बर्से सेवा अवधि कायम र एक तह बढुवा हुनुपर्ने माग गर्दै आएका छन् । सरकारले त्यो माग पनि सम्बोधन गरेमा १ अर्ब ३४ करोड १७ लाख २२ हजार रुपैयाँ आवश्यक पर्ने बुझिएको छ । विराटनगरदेखि महेन्द्रनगरसम्म १८ स्थानमा जग्गा रहेको जनकपुर चुरोट कारखाना बन्दका कारण गत वर्ष सरकारलाई ३८ करोड रुपैयाँ घाटा लागेको थियो । पछिल्लो समयमा राजनीतिक नियुक्ति र निरन्तरको अव्यवस्थाले जनकपुर चुरोट कारखाना धराशायी बनेपछि दुई वर्षदेखि कारखाना बन्द थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४