युनिटीबाट पाँच करोड घुस नलिएको पूर्वमन्त्री पाण्डेको कथन

२० असार २०७०, बिहीबार २०:२६ मा प्रकाशित

काठमाडौ, २० असार । नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य सुरेन्द्र पाण्डेले युनिटी लाइफ इन्टरनेशनलसँग पाँच करोड कमिसन लिएको आरोपको खण्डन गरेका छन् । झलनाथ खनालका खास निकट व्यक्तिका रुपमा चिनिने पाण्डे खनाल प्रधानमन्त्री हुँदा अर्थमन्त्री बनेका थिए । त्यहीबेला युनिटीका सञ्चालकहरुबाट पार्टीका लागि चन्दा भन्दै पाँच करोड असुलेको भन्दै एमालेनिकट साप्ताहिक पत्रिका बुधबारले समाचार प्रकाशन गरेको थियो । अखबारमा प्रकाशित समाचारअनुसार युनिटी प्रकरणमा ३० महिना तीन दिन जेल बसेर ३७ लाख धरौटीमा रिहा भएका एमाले धौलागिरी अञ्चल समन्वय कमिटी सदस्य कृष्ण पाठकले तत्कालीन अर्थमन्त्री पाण्डेलाई नगद र जिन्सी गरेर पाँच करोड रुपैयाँ दिएको आरोप लगाएका छन् । पाठकले पैसा दिएको आरोप पत्र एमाले अध्यक्ष झलनाथ खनाललाई दिएको समाचारमा उल्लेख छ । पाण्डेले आफ्नो राजनीतिक जीवन समाप्त पार्ने उद्देश्यले पार्टीभित्रैबाट षडयन्त्र भएको भन्दै पत्रकार सम्मेलन गरेर खण्डन गरेका हुन् ।’युनिटीमा सम्बद्ध एक व्यक्तिलाई उद्धृत गर्दै पत्रपत्रिकामा समाचार छपाउनु बदनियतपूर्ण, सुनियोजित तथा राजनीतिक रुपले मेरो निजी र सार्वजनिक छविमाथि आँच पुर्‍याउने कुनियतले गरिएको दुष्कर्म हो भन्ने मेरो ठहर छ,’ पत्रकार सम्मेलनमा उनले भने ।
पाण्डेले आफूले युनिटी प्रकरणमा कसैबाट पैसा लिएको प्रमाणित गर्न चुनौति दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।