बुहारीलाई बलात्कार गर्न नपाएको झोंकमा ससुरोको हत्या

२० असार २०७०, बिहीबार २०:०८ मा प्रकाशित

रौतहट, २० असार । अर्काकी बुहारीलाई बलात्कार गर्न खोज्ने एक युवक हत्याको आरोपमा पक्राउ परेका छन् । रौतहट रंगपुर–६ मनहर्वा बस्ने ७० बर्षीय भगत धामीकी ३५ वर्षिया बुहारी निर्मला धामीलाई रौतहट लक्ष्मीपुरका मनुर रहमानले बलात्कार गर्ने नियतले आक्रमण गर्दा वृद्ध भगतले रोक्न खोजेका थिए । कामपीडाले अन्धो बनेको रहमानले वृद्ध धामीलाई कुटपिट गरे । कुटपिटबाट सख्त घाइते बनेका उनको मंगलबार राती बाह्र बजे मृत्यु भएको प्रहरीले जनाएको छ । निर्मला धामीलाई बलात्कार गर्न नपाएको झोंकमा उनका वृद्ध ससुराको हत्या गर्ने अभियुक्त रहमानलेलाई गाँउलेहरुले समातेर प्रहरीको जिम्मा लगाएका थिए । प्रहरी चौकी रंगपुरबाट खटिएको प्रहरीले निजलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस