बाँके कारागारका कैदीहरूबीच झडप

२० असार २०७०, बिहीबार १९:५१ मा प्रकाशित

बाँके, २० असार । बाँके कारागारमा रहेका कैदी बन्दीबीच भएको झगडामा अपहरण मुद्धाका सोनु खाँ सहित ६ जना घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि भेरी अंचल अस्पतालमा लगिएको छ । घाइते मध्ये २ जनाको अवस्था मध्यम र अन्य ४ जनाको सामान्य रहेको प्रहरीले जनाएको छ । 
कर्तव्य ज्यान मुद्धामा थुनामा रहेका कैदी जनक बुढा (नाइके)लाई कारागारको भेटघाट कक्षमा भेट्न आएका आफन्तहरुलाई भेटी कुराकानी गरेको र डिउटीमा खटिएका प्रहरी कर्मचारीले भेटघाटको समय समाप्त भयो भनी जानकारी गराउँदा निज जनक बुढाले सोही बिषयलाई लिएर डिउटीमा रहेका प्रहरीसंग विवाद गर्दा कारागारमा थुनामा रहेका अन्य बन्दी एवं कैदीहरुले हामीहरुले कम्तिमा १ घण्टासम्म भेटघाट तथा कुराकानी गर्न पाउनु पर्छ भनी भित्रबाट ताल्चा लगाई हो–हल्ला एवं नारावाजी गरेकोमा सम्झाई बुझाई गर्दा शान्त भएकोमा फेरि राती आठ बजे नाइके जनक बुढाको पक्षका र निजका बिरुद्धका कैदी बन्दीहरुबीच विवाद भई झगडा भएको थियो । हाल कारागारको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।

न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट