धनकुटा नगर क्षेत्रको पर्यटन प्रवद्र्धन गरिने

२० असार २०७०, बिहीबार १९:३२ मा प्रकाशित

सरु राई, धनकुटा, २० असार । धनकुटा पहिलो पटक धनकुटा नगर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले पर्यटन विकास समिति र नमस्ते नेपाल धनकुटाको संयुक्त आयोजना तथा धनकुटा नगरपालिकाको सहयोगमा बिहिबार धनकुटा आयोजित कार्यक्रममा सहभागीहरुले पर्यटन आर्थिक विकासको मुल आधार भएको बताएका छन् । कार्यक्रममा निवर्तमान सभाषद लिला सुब्बाले आर्थिक विकासका लागी पर्यटन मुल आधार भएकाले पर्यटनको विकासका लागी सवै क्रियाशिल हुनु पर्ने बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत नन्दलाल सापकोटाले पर्यटन प्रवद्धनका लागी पर्यटकिय क्षेत्रको प्रचार प्रसारलाई पहिलो प्राथमिक्ता दिनु पर्नेमा जोड दिनु भयो भने श्रीमेहर गणका गणपती झमान सिंह थापा, सशस्त्र प्रहरी बल छिन्ताङ गुल्मका गुल्मपती कृष्ण ढकाल, निर्वतमान उपमेहर जिवप्रसाद पोखरेल, धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत कुमार कोईराला, प्रमुख उद्योग अधिकृत गोपाल शर्मा, आदिवासी जनजाती महासंघ धनकुटका सचिव हेम कुमार आङ्ला, धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यक्ष शैलेसमान श्रेष्ठ, धनकुटा होटल एशोसिएशनका उपाध्यक्ष हर्क राई, ट्याक्सी व्यावसायी संघ धनकुटाका उपाध्यक्ष ज्ञान वहादुर कटुवाल, महिला उद्यमी कुसुम राना, िहले बजार व्यवस्थापन समितिका लिला तितुङ, पर्यटन व्यावसायी गौरव कार्की, धनकुटा बजार व्यवस्थापन समितिका उपाध्यक्ष रमा ढुंगानालगायतले पर्यटन आर्थिक विकासको मुल आधार भएकाले धनकुटाको पर्यटन प्रवद्धन गर्न आवाश्यक रहेकोमा जोड दिनु भएको थियो ।
पर्यटन विकास समिति धनकुटा तथा नमस्ते नेपालका अध्यक्ष विजय सन्तोषी राईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा धनकुटा बहुमुखी क्याम्पसका प्रध्यापक भीम वस्नेत र धनकुटा उद्योग बाणिज्य संघका कार्यालय सचिव जयन्द्र प्रधानले धनकुटा नगर क्षेत्रको पर्यटकिय क्षेत्रको प्रवद्धनको विषयमा विषय पत्र प्रस्तुत गर्नुभएको थियो । धनकुटा नगरपालिका क्षेत्रको विभिन्न पर्यटकिय क्षेत्रहरुलाई ७ क्षेत्रमा विभाजन गरी प्रत्येक क्षेत्र अन्तर्गत विभिन्न प्वाईन्टहरु निर्धारण गरी छलफल गरीरहेकोले शुक्रबारसम्ममा सो निर्धारण गरी सार्वजानीक गरी धनकुटा नगर क्षेत्रको पर्यटन प्रवद्र्धन गरिने धनकुटा पर्यटन विकास समितिका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर