सासु-ससुराको निर्देशनमा बुहारीमाथि बलात्कार प्रयास !

२० असार २०७०, बिहीबार ०८:२८ मा प्रकाशित

काठमाडौं, २० असार । भनेजति दाइजो नल्याएको आरोपमा विवाह भएदेखि नै श्रीमान् र सासु-ससुराबाट प्रताडना खेप्दै आएकी सप्तरी राजविराज–२ का प्रवीण झाकी २५ वर्षीया श्रीमती राखी झाले परिवारबाटै आफूमाथि बलात्कार गराउने प्रयास भएको अभियोग लगाएकी छिन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी राखीले जानकारी गराएअनुसार दाइजोको विषयमा पटक पटक यातना दिँदै आएका आफ्ना सासु र ससुराले पछिलो पटक गत ११ असार राति केही युवालाई परिचालन गरी आफ्नो अस्मिता लुट्न खोजेको आरोप लगाइन् । राखी र प्रवीणबीच निकै समयअघिदेखि झगडा चल्दै आएको छ भने कहिलेकाहीँ त राजधानीकै सडकमा समेत उनीहरुबीचको झगडा प्रदर्शन हुने गरेको बताइन्छ ।
सप्तरीको बरही वीरपुरका सूर्यनारायण झाकी छोरी राखी र राजविराज–२ चनौरा पड्रियाका राधाकान्त झाका छोरा प्रवीणबीच एक वर्षअघि मागी विवाह भएको थियो । तर, विवाह भएदेखि नै श्रीमान्, ससुरा र सासुले विभिन्न अश्लील गालीगलौज गर्दै कुटपिट र घर निकाला गर्दै आएको दुःखेसो पोख्दै उनले गत २०६९ माघ महिनामा पतिसहितले घरबाट निकाला गरेपछि अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालयले आफ्नो विवाह दर्ता गराइदिएको तर यातना दिने काम नरोकिएको बताइन् । विवाह दर्ता प्रमाणपत्र बनेदेखि सासु र ससुराले अझ क्रुर यातना दिन थालेको उनको आरोप छ ।
परिवारका सदस्यको उक्साहटमा आफूमाथि बलात्कार गर्न खोज्ने अभियुक्तहरुमध्ये चार जना भागे पनि एक जना सल्लाउद्दिनलाई गाउँलेहरुले तत्कालै नियन्त्रणमा लिई परिवारजनको जिम्मा लगाएको राखीले जानकारी दिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र